उनी स्कुल पढ्ने बेला दलित सहपाठी खोज्थिन् । किनभने कथित उपल्लो जातका सहपाठीसँग उनी बस्न पाउँथिनन् । ‘दमाईकी छोरी’ भनेर हेप्थे । साथीहरुले ल्याएको खाजा छोएको निहुँमा कुटपिट पनि सहन्थिन् । स्थापित सामाजिक अभियन्ता सीता नेपालीलाई अहिले पनि ती दिन सम्झिँदा पीडाबोध हुने गर्छ । भन्छिन्, ‘सायद उतिबेला ती विभेदसँग सम्झौता गरेकी भए म अहिले यो […]
देश
कोरोनाबाट थप ३ को मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १०७ पुग्यो
काठमाडौँ — कोरोना संक्रमणबाट थप ३ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]
नेकपामा फेरि किचलो
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]








