दुधौली । नेपाली कांग्रेस दुधौली नगर कार्यसमितिले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनका लागि तयारी अवस्थामा रहन १४ वटै वडा कार्यसमितिलाई निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालय सिर्जनानगर दुधौलीमा नगर सभापति बलराम कार्कीको अध्यक्षतामा बसेको नगर कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २ गतेदेखि वडा तहबाट अधिवेशन […]
समाचार
कमलामाईका जलनबिरामीलाई कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार
सिन्धुली, साउन १८ – कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक जलन भएका नगरबासीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलको पहल तथा कीर्तिपुर अस्पतालसँगको समन्वयमा उक्त निर्णय गरिएको हो । यस निर्णयसँगै कमलामाई नगरपालिकाभित्रका जलन भएका नागरिकले कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार सेवा पाउनेछन् । आर्थिक अभावका कारण उपचारबाट वञ्चित […]
रास्वपा नेताको धम्की: मेयर भएपछी उद्योग वाणिज्य संघको भवन भत्काइदिन्छु
सिन्धुली, साउन १३ । सिन्धुली उद्योग वाणिज्य संघले प्रतिनिधिसभा सदस्य आशीष गजुरेलसँग बुधबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि गरिएको दुर्व्यवहारप्रति गम्भीर दुःख व्यक्त गरेको छ । संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रम समापनका क्रममा कमलामाई–६ निवासी रोशन लामाले सार्वजनिक रूपमा संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठमाथि २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा […]
अव्यवस्थित तार व्यवस्थापन नगरे कानुनी कारबाही गरिने : नगर प्रमुख पोखरेल
सिन्धुली, असार १७ – सिन्धुलीकाे कमलामाई नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा झुण्डिएका विद्युत् तथा इन्टरनेट सेवा प्रदायकका तार तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई पुनः कडा चेतावनी दिएको छ। पटक–पटक पत्राचार, समन्वय, मौखिक जानकारी तथा निर्देशन दिँदा पनि आवश्यक सुधार नभए कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ। कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले जनताको […]
अर्थमन्त्री वाग्लेले पत्रकारलाई अपमानित गरेकोमा प्रेस युनियन महासचिव पौडेलको आपत्ति
काठमाडौं— नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा पत्रकारबारे गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत विद्वान अर्थमन्त्री वाग्लेले पत्रकारको मानमर्दन हुने गरी दिएको अभिव्यक्ति खेदजनक रहेको बताएका हुन् । आर्थिक विधेयक सच्चाएको र विद्युतीय सवारीमा करका दर हेरफेरको सूचना चुहावट भएको आशंका सहित विभिन्न सञ्चार माध्यममा […]







