सिन्धुली – सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य […]
समाचार

बिपी राजमार्गको आकस्मिक सूचनाप्रणाली ‘सूचनाविहीन’
सिन्धुली – सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचनाप्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच […]

लागुऔषध कारोबारमा सिन्धुलीका एक दम्पतीसहित तीन पक्राउ
सिन्धुली – भारतबाट लागुऔषध बोकी नेपाल आएका एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, उनकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । आइतबार […]

गोलन्जोर गाउँपालिकामा प्रहरी र प्रदर्शनकारी बिच झडप
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाको हरेक निर्णय कार्यपालिका र गाउँ सभाबाट हुनुपर्ने, विधि-बिधान अनुरुप गाउँपालिका चल्नुपर्ने र गैह्रकानुनी तबरबाट भएका स्थानीय सरकारका गतिविधि रोकिनुपर्ने माग राख्दै शान्तिपुर्ण धर्नामा रहेका प्रदर्शनकारी र प्रहरिबिच आइतबार सामान्य झडप भएको छ । गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्षको ठाडो आदेशमा प्रमुख प्रशासकिय अधिकृतले राजनैतिक पुर्वाग्रह राखी चालिएका गलत कदम र […]

वडा-कार्यालय आउने सेवाग्राहीलाई फोटोकपी नि:शुल्क गरेको छु
सिन्धुली – दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुलीमा ७९ वटा वडा छन् । एउटा वडाले वडा अध्यक्ष महिला पाएको छ । त्यो वडा हो, दुधौली नगरपालिका-३ । वनले हरियाली, खेतीयोग्य जमिनमा लगाइएका बालीनालीले हराभरा देखिने सुन्दर यो वडा १९ हजार हेक्टरमा फैलिएको छ । वडाको पूर्वमा दुनपा-६ हर्षाही, पश्चिममा कमलामाई नगरपालिका-१४ चन्दनपुर, दक्षिणमा २ […]