सिन्धुली – दुधौली नगरपालिका वडा नम्बर – ३ कि वडाध्यक्ष भद्रा कुमारी माझीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यपालिका बैठकमा तीन पटक सम्म उपस्थित नभएमा वडा-अध्यक्ष पदबाट बर्खास्त गरिदिने भनेर मौखिक सन्देश पठाएर आफुलाइ धम्की दिएको भन्दै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक स्टाटस लेख्दै गुनासो पोख्नु भएको छ ।
अन्तर्राष्ट्रिय
वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ । हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस […]
अमेरिकी संस्था अप्टिमिष्ट ईन्टरनेशनलले नेपालमा ‘डिस्ट्रिक्ट’ मान्यता पायो
सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘डिस्ट्रिक्ट’ मान्यता पाएको छ। अमेरिकाबाट सन् १९१९ जुन १९ देखि सञ्चालनमा आएको अप्टिमिष्ट इन्टरनेशनल सन् २०१७ मे ३१ देखि नेपालमा पनि सुरू भएको हो। हालसम्म विश्वका विभिन्न ३० वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको […]
कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम […]
आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन
८ पुस । इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो । संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै […]