सिन्धुली । रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कमलामाई नगरपालिका–३ चपौलीका हेमप्रसाद गौतमको परिवारलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ । धार्मिक परम्पराअनुसार काजकिरिया सुरु गरिसकेको गौतम परिवारलाई नेपाली कांग्रेस कमलामाई–३ चपौली वडा समितिले संकलन गरेको रु. ६३ हजार ७ सय ४५ रकम हस्तान्तरण गरेको हो । वडा सभापति ओमबहादुर कार्कीको नेतृत्वमा गएको कांग्रेसको टोलीले गौतम […]
अर्थ
गोलन्जोरको खानेपानी आयोजनामा व्यापक अनियमितताको आरोप
सिन्धुली । गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङको कालीआप जुगेपानी भन्ने स्थानमा ब्याक टु लाइफ इभी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत समुदाय विकास पद्धति नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रममा व्यापक अनियमितता भएको आरोप लागेको छ । उक्त गैरसरकारी संस्था (आईएनजीओ)को सहयोगमा उक्त स्थानमा एक घर, एक धारा सम्बन्धी कार्यक्रममार्फत एक करोड […]
तीजको दरका लागि छुट्याएको ५० हजार बाढीपीडितलाई
सिन्धुली । तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपहिरो पीडितको राहतका लागि प्रदान गरेर सिन्धुलीको तीनपाटन गाउँपालिका–५ लङ्गुरखोला सिसाबोटका महिला दिदीबहिनीहरूले मानवीय सेवाको सराहनीय उदाहरण प्रस्तुत गरेका छन् । श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रभित्रका महिला समूहका लागि तीजको दर कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराएको ५० हजार रुपैयाँ देशमा उत्पन्न विषम […]
कमलामाई सहकारीको नेतृत्वमा राजकुमार कार्की
सिन्धुली – कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आइतबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदिप देवकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको प्रमुख आतिथ्यता साधारणसभा तथा अधिबेशन सम्पन्न भएको हो । सम्पन्न १२ औं अधिवेशनले सहकारीको संचालक समितीमा राजकुमार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिती […]
कांग्रेस राहत कोषमा सिन्धुली–काठमाडौं समितिको ६७ हजार सहयोग
काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको राहत कोषमा रु. ६७ हजार ८८३ रुपैया नगद सहयोग गरेको छ । सम्पर्क समितिका सभापति युबराज गुरुङको नेतृत्वमा समितिका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहयोगीहरूबाट संकलन गरिएको उक्त रकम नेपाली कांग्रेसका केन्द्रीय सदस्य उज्ज्वलप्रसाद बरालको उपस्थितिमा पार्टीका […]







