सिन्धुली – कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आइतबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमरदिप देवकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको प्रमुख आतिथ्यता साधारणसभा तथा अधिबेशन सम्पन्न भएको हो ।
सम्पन्न १२ औं अधिवेशनले सहकारीको संचालक समितीमा राजकुमार कार्कीको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । कनपा -४ ढुंग्रेवासमा सम्पन्न २९ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै समितिको उपाध्यक्षमा गिता कटुवाल, सचिवमा उद्धव थापा र कोषाध्यक्षमा पदम श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा गोपाल देवकोटा, राजन कार्की, ललिता राजभण्डारी, बविता गौतम, ध्रुव प्रसाद दाहाल र सावित्री श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनले लेखा तथा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । लेखा समितिको संयोजकमा कृष्ण प्रसाद बराल निर्वाचित भएका छन् भने सदस्यमा सादेशमणी पोखरेल र सरिता शर्मा (गजुरेल) निर्वाचित भएका छन् ।









