बाढीपीडितका नाममा ‘एक लाख’ सहयोगको दाबी, बैंक विवरणमा देखियो १० रुपैयाँ

सिन्धुली । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा सहयोग रकम जम्मा गरेको भनी सिन्धुलीका एक ब्यक्तीले सामाजिक संजालमा भ्रम फैलाएको पाइएको छ । सामाजिक संजाल टिकटकमा ‘खयाल जि’ नामबाट एकाउन्ट खोलेका पारष बरालले उक्त भ्रम फैलाएको पाइएको हो । उनी गत भाद्र २३/२४ गते भएको जेन-जि […]

विपद्मा पत्रकार र सञ्चारमाध्यमको भूमिका कति महत्वपूर्ण ?

विपद्का समयमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अघिपछिको भन्दा निकै संवेदनशील, जिम्मेवार र महत्वपूर्ण मानिन्छ । विपद्का बेलामा एउटा सही सूचनाले जीवनरक्षा गर्न सक्छ भने एउटा गलत सूचनाले ठूलो अनिष्ट निम्त्याउन सक्छ । यतिमात्र होइन सही उद्देश्य र मनशायले परिचालित भएको पत्रकार र पत्रकारिताले राहत र उद्धारमा प्रभावकारी निर्वाह गर्न सक्छ भने नकारात्मक सोच भएकाको गतिविधिबाट […]

शैक्षिक परामर्शदाता: विदेश अध्ययनका अदृश्य सारथि

विश्वविद्यालय छनोट र छात्रवृत्तिदेखि भिसा तयारी तथा करियर योजनासम्म, नेपालका शैक्षिक परामर्शदाताहरू विद्यार्थी र विश्वव्यापी उच्च शिक्षा प्रणालीबीचको महत्वपूर्ण पुल बनेका छन् । आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट १ लाख २३ हजार ५८९ वटा विदेशी अध्ययन अनुमति अर्थात् ‘एनओसी’ जारी भएको थिए । यो संख्या उक्त वर्ष विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको कुल संख्या भने होइन […]

सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]

सीताभूमिबाट पार्वती जन्मथलो पुग्दा

नियात्रा – २०४९ सालतिरको कुरा हो । राजनीतिशास्त्रमा स्नातकोत्तर सकेपछि म भरपर्दो रोजगारीको खोजीमा थिएँ । पत्रकारितामा सक्रिय त थिएँ नै, तर यसबाट गुजारा चल्ला जस्तो लागेको थिएन । मेरा अग्रज शुभाषचन्द्र कर्ण त्यतिवेला पर्वत जिल्लाको कुनै क्याम्पसमा आबद्ध थिए । उनले राजनीतिशास्त्र पढाउँछौ त भनेर प्रस्ताव गरे । अहो, नामै पर्वत, कस्तो विकट होला […]