गोलन्जोरमा शुक्रवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको आयोजनामा शुक्रबारबाट पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गोलन्जोर गाउँपालिकाको वडा नम्बर -६ स्थित हैबार खेलमैदानमा प्रतियोगिता शुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रतियोगिताको औपचारिक रुपमा उद्धघाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।

“स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ संचालन भएको प्रतियोगितामा भलिबल, कबड्डी, सर्टफुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरु संचालन हुनेछन ।

गाउँपालिका भित्रका दशवटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता तिन दिनसम्म संचालन हुने गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष रन्जित देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १५:०४

प्रतिक्रिया दिनुहोस्