कमलामाई मेयर/उपमेयर कप प्रतियोगिता शुरु

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा मेयर तथा उपमेयर कप खेलकुद प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘मेयर तथा उपमेयर कप’ खेलकुद प्रतियोगिता शुरु गरिएको हो ।

कमलामाइ नगरपालिका वडा नम्बर ६ खम्बेचाैर खेल मैदानमा प्रतियोगिता शुरु गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष लोकबिक्रम थापाले बताए । आगामी २१ गते सम्म संचालन हुने खेलकुद प्रतियोगिताको कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका हुन ।

प्रतियोगिताको प्रथम विजेता टिमले ५० हजार रुपियाँ नगदसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन भने उपविजेता दोश्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले १५ हजार नगद सहित मेडल पुरस्कार पाउनेछन । प्रतियोगितामा वडास्तरिय ८ वटा र बिधालय स्तरिय १३ वटा टिम प्रतिस्पर्धामा छन ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर पोखरेलले खेलकुदले अनुशासन, स्वास्थ्य र राष्ट्रिय भावना विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै युवालाई खेलकुदमार्फत सकारात्मक दिशामा अघि बढाउन नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १८ पुष २०८२, शुक्रबार ०५:३३

प्रतिक्रिया दिनुहोस्