कमलामाईका कृषकलाई बाँदर धपाउने यन्त्र वितरण

सिन्धुली — हुनत यसपाली लामो समय पानि नपरेर खडेरी परेका कारण किसानले भनेजस्तो गरि हिउँदे बाली भित्राउन पाएनन् । पानि नपरेर लामो समय खडेरी परेका कारण आफुले मेहनत गरे अनुसार अन्नबाली मकै भित्राउन नपाएको पिर कृषकलाई छ ।

जेनतेन खेतबारीमा बाकी रहेको त्यही मकैपनि घरमा भित्राउने बेलामा किसानलाई अर्को पिरले तनाब गराउछ । कमलामाई नगरपालिका —३ चपौलीका एक कृषकले भने, अनेक गरेर जसोतसो मकै भित्राउने बेला हुन्छ, बादरले सखापै वनाउछ । घर व्यवहार, वस्तुभाउ हेर्नु कि, बादर रुङ्न खेतमा बस्नु हैरानै भैयो ।’ उनि भन्छन् किसानलाई जे गरेपनी सुख छैन ।’

खेतबारीमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि कमलामाई नगरपालिकाले पालिकाको वडा नंं. ३ का ३६ जना कृषकलाई वुधबार एक कार्यक्रमका विच बाँदर धपाउने यन्त्र वितरण गरेको छ ।

मकै बाली बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा कमलामाई नगरपालिकाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।

राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रबाट खरिद गरी ल्याइएका उक्त यन्त्र नगरपालिकाको तिन नम्वर वडाका किशानलाई परिक्षणका रुपमा वितरण गरिएको कमलामाई नगरपालिका वडा नं. ३ का वडाध्यक्ष खड्ग प्रसाद चौलागाईले जानकारी दिए ।

उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने भएकाले ३६ जना कृषकको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने शर्तमा वितरण गरिएको बताइएको छ ।

बाँदरको आतङ्कबाट छुट्कारा पाउन परिक्षणको रुपमा नगरपालिकाको ३ नं. वडामा ३६ थान यन्त्र हस्तान्तरण गरिएको कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार उक्त यन्त्र पड्काउँदा बन्दुक पड्काए जति आवाज आउने र बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले किसानको खेतीबारी सुरक्षित हुने अपेक्षा रहेको छ । सोही कार्यक्रममा वडाका किशानलाई ८ थान हात्ते ट्रयाक्टर समेत कमलामाई नगरपालिकाले वितरण गरेको छ ।

आवस्यक प्रक्रिया पुरा गरि आबेदन आएका साविक जलकन्या गाविसका ७, ८ र ९ वडाका आँठ किसानलाई ५० प्रतिशत साझेदारीमा सात एचपिको हात्ते ट्रयाक्टर वितरण गरिएको वडा सचिव विरेन्द्र देबकोटाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ असार २०८१, बिहीबार ०२:२८

प्रतिक्रिया दिनुहोस्