स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता सिन्धुलीमा हुने

सिन्धुली – सिन्धुलिमा स्व. नरबहादुर स्मृतिकप फुटबल प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा निर्माण व्यावसायि छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनका बुबा स्व. नरबहादुर बम्जनको सम्झनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आयोजनाबारे बिहिबार कमलामाइ नगरपालिका -६ ब्लु अल्पाइन क्लबको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्व. नरबहादुर बम्जनको छोरा बिष्णु बम्जनले फुटबल प्रतियोगिताबारे जानकारी गराउनु भएको हो ।

उहाँले फाल्गुन १३ गतेबाट सिन्धुलीमाढिको खुल्लामञ्चमा प्रतियोगिता शुरु हुने बताउनुभयो । पत्रकार सम्मेलन मार्फत बम्जनले रु. ६ लाख रुपैयाँ प्रतियोगिताको लागि छुट्याइएको बताउनुभयो । स्मृतिकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. २ लाख १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार १ लाख सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाइ प्रभाबकारी र आकर्षक बनाउन प्रतियोगितामा सहभागी प्रत्येक खेलाडिको खेल अबधिभरको लागी बिमा समेत गरिने प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष सुर्यबहादुर थापा (सुरेश) ले बताउनुभयो ।

ब्लु अल्पाइन क्लब सिन्धुलीमाढिले आयोजना गर्ने उक्त प्रतियोगितामा दर्ता शुल्क रु. ३ हजार रुपैयाँ निर्धारण गरिएको छ भने फाल्गुन १० गते ५ बजेसम्म दर्ता अबधी तोकिएको छ ।

१९९५ चैत ३ गते जन्मिनु भएका नरबहादुर बम्जनको २०६७ पौष ४ गते मृत्यु भएको थियो । ब्रिटिश आर्मीमा जागिरे जीवन ब्यतित गरेका स्व. बम्जन जागिर पश्चात् सामाजिक सेवामा क्रियाशिल हुनुहुन्थ्यो । स्व. बम्जनको तीन छोरा र पाँच छोरी रहेका छन ।

बुबाको सम्झनामा पहिलोपटक आयोजना गर्न लागिरहेको प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने छोरा बिष्णु बम्जनले बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १६:५९

प्रतिक्रिया दिनुहोस्