तिनपाटन – सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर -५ लंङगुरखोला आहालेमा (यु सेभेन्टिन) भलिबल प्रतियोगिता आइतबारबाट शुरु भएको छ । वडा-अध्यक्ष भुपाल सिंह तामाङले भलिबल सर्भिस गरी खेल उद्घाटन गरे सँगै प्रतियोगिता शुरु भएको हो ।
“राष्ट्रको लागि भलिबल, स्वास्थ्यको लागि भलिबल” भन्ने मुल नाराका साथ न्यु सगरमाथा युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा ८ टिम बीच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद रु. ८ हजार सहित मेडल र ट्रफि पाउने क्लबका अध्यक्ष अबिन सिदाली मगरले बताए । यस्तै दोश्रो हुनेले नगद ४ हजार, मेडल र ट्रफि, तेश्रो हुनेले नगद २ हजार सहित मेडल र ट्रफि पाउने उनको भनाई छ ।
यस्तै बेस्ट प्लेयर, बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफाईन र बेस्ट ब्लगरलाई मेडल प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगिता आज सकिने आयोजकले जनाएको छ ।









