४२औँ बिपि स्मृति दिवस: बिरामीलाई फलफुल बितरण र बृक्षारोपण

सिन्धुली – नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । स्मृति दिवसको अबसरमा नेपाली कांग्रेस सिन्धुलीको आयोजनामा कमला माबी ढुङ्ग्रेबास परिसरमा आइतबार बृक्षारोपण गरिएको छ ।

त्यस्तै, नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा स्मृति दिवसको अबसर पारेर जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई फलफुल बितरण गरिएको नेबि संघ सिन्धुलीका सभापती भरत बिकले जानकारी दिए ।

नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको विशेष उपस्थिति तथा पार्टीका पदाधिकारी, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख एबम प्रतिनिधीको उपस्थितिमा बृक्षारोपण तथा फलफुल बितरण गरिएको हो ।

बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको थियो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो । 

२०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला  क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधन २०३९ साउन ६ गते भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार ०७:५४

प्रतिक्रिया दिनुहोस्