वल्र्ड भिजनद्धारा पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली – जिल्लाको सामाजिक गैह्रसरकारी संस्था सिड्स नेपाल र रिलिफ नेपाल सिन्धुलीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा करिव पौने ११ लाख रुपैँया वरावरको स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई बुधवार हस्तान्तरण गरेको छ ।

हाल यो मुलुक दोस्रोे लहरको कोरोना संक्रमणको चपेटामा रहेको परिप्रेक्षमा नेपाल सरकारको कोभिड –१९ प्रतिकार्य कार्यक्रममा थप सहयोग पुगोस भन्ने उदेश्यले सिन्धुली जिल्लामा रहेका कोरोना संक्रमितको सहज उपचारमा टेवा पुग्ने लक्ष्यका साथ स्वास्थ्य सामाग्री सहयोग गरिएको वल्र्ड भिजन ईन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय वर्दिवास महोत्तरीका कार्यवाहक प्रमुख रश्मी गुरुङ्गले वताउनुभयो ।

अन्र्तराष्ट्रिय संस्था वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा जिल्लाका साझेदार संस्था सिड्स नेपाल र रिलिफ नेपालले सयुक्त रुपमा उक्त सामाग्री सहयोग गरेको सिड्स नेपालका अध्यक्ष दिपक घिमिरेले वताउनुभयो । वल्र्ड भिजनको सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई दुई संस्थाले एकैसमयमा सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वागमति प्रदेशले वल्र्ड भिजन ईन्टरनेशनललाई अक्सिजन सिलिन्डर १४ सय थान, पल्स अक्सिमिटर १ हजार १२ थान, थर्मलगन १ हजार १२ थान, पिपिई सेट १२ सय २५ थान, अक्सिजन कन्सनटेटर २० थान, हाईजिन किट २५ थान र आईसियु बेड २५ थान स्वास्थ्य सामाग्री सहयोग गर्न अनुरोध गरे अनुसार उक्त सामाग्री मन्त्रालयमा उपलब्ध गराईएको जानकारी गराउदै सिन्धुली जिल्लालाई ग्यास सहितको अक्सिजन सिलिन्डर २० थान, ३२ थान थर्मलगन, ३२ थान अक्सिमिटर, ७० थान पिपिई सेट, १ थान अक्सिजन कन्सनटेटर लगाएतका सामाग्री सहयोग गरिएको कार्यवाहक प्रमुख गुरुङ्गले वताउनुभयो ।

उक्त सामाग्री वागमती प्रदेश माननियहरु प्रदिप कटुवाल, लेखनाथ दाहाल (राजन), विनोद खड्का, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने लगाएतका सरोकार निकायका पदाधिकारीको उपस्थितिमा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरे र रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपालले सिन्धुली जिल्लामा संचालित एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुली र रिलिफ नेपाल सिन्धुलीसंगको साझेदारीमा एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना, बाल स्पोनसरसिप परियोजना र नेपाल किशोरी परियोजनासंगको सहकार्यका उक्त सामाग्री वितरण गरिएको सिड्स नेपाल सिन्धुलीद्धारा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाका व्यवस्थापक नारायण पाण्डेले वताउनुभयो ।

त्यस्तै कोभिड नियन्त्रण तथा व्यवस्थापनको लागी वल्र्डनेवर्सको आर्थिक सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिड्स नेपालले उसै दिन थप स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला कोभिड अस्पताललाई पिपिई सेट ३५ थान, जिल्ला अस्पताल सिन्धुलीलाई ३५ थान, नेपाली सेनाको लागी ३० थान र स्यानिटाईजनर २५ थान सामाग्री सहयोग गरिएको सहयोगी संस्थाका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १६:०१

प्रतिक्रिया दिनुहोस्