कमलामाई राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि गौमतीलाई

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि माढिबजार स्थित गौमती माध्यामिक बिद्यालयले जितेको छ ।

कमलामाइ नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीकाे आयोजनामा मंगलबारबाट जारी प्रतियोगिताको आज एक समारोहका बिच समापन गरिएको हो ।

११ स्वर्ण, ८ रजत र ८ कांस्यसहित २७ पदक प्राप्त गर्दै गौमती मावि प्रथम हुँदा शिखर माध्यामिक बिधालय मरिण बेल्टार ६ स्वर्ण, २ रजत र ५ कास्य गरी १३ पदकसहित दोस्रो भयो । तेस्रो स्थान हासिल गरेको सिद्धस्थली अङ्ग्रेजी आवासिय बिधालयले ४ स्वर्ण पायो ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताका विजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथी कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल, वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतले पुरस्कार वितरण गरेका हुन ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगर भित्रका ३५ निजि तथा सामुदायिक बिधालय प्रतिस्पर्धामा सहभागी भएका थिए ।

कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले प्रतियोगितामा बिजयी हुने र सहभागी जनाउने बिधालयलाई धन्यवाद तथा बधाई ब्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले खेलकुद क्षेत्रलाई थप प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रतियोगितामा भलिबल, कबड्डि, कराते, तेक्वान्दो र एथलेटिक्सका खेलहरु आयोजना गरिएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १५:४३

प्रतिक्रिया दिनुहोस्