सिन्धुली – कुमारी बैंक लि. खुर्कोट शाखा सिन्धुलीको आयोजनामा गोलन्जोर -७ स्थित जनज्योति उच्च मा.बि खुर्कोटमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ ।
ग्लोबल मौद्धिक सप्ताह -२०२४ अन्तर्गत “पैसा बचत गर्नुहोस, आफनो भविष्य सुरक्षित गर्नुहोस्” भन्ने मुल नाराका साथ बिधालयमा अध्ययनरत बिद्यार्थी हरुलाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ ।
कार्यक्रममा शाखा प्रमुख सुवास थापाले वित्तीय पहुँचमा सबै क्षेत्रका समुदायको प्रतिनिधित्व हुनुपर्ने आबस्यक रहेको उल्लेख गरे । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न सबैले सघाउनुपर्ने थापाको भनाइ छ ।
बैंकले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न समेत सुझाएको छ । सहभागीलाई वित्तीय अनुशासन, बचत, कर्जा (ऋण) र त्यसको सदुपयोग, विद्युतीय वित्तीय सेवाहरुको बारेमा समेत जानकारी गराइएको छ ।
कार्यक्रमको सहजिकरण विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर राईले गरेका हुन । कार्यक्रममा उक्त बिधालयमा अध्यनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।