सिन्धुली – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सिन्धुली शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कम्पनीले सिन्धुली शाखाका आफ्ना एमडिआरटी, एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो । सिन्धुली शाखा प्रबन्धक कुमारी सरिता थापाको अध्यक्षतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युबराज शर्माको सहजिकरणमा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अबसरमा सिन्धुली शाखाबाट एमडिआरटी बन्न सफल कलावती बर्मा र चन्द्रावती श्रेष्ठ लगायत एजेन्सी म्यानेजर तथा अभिकर्तालाई प्रसंशा-पत्र लगायत मायाको चिनो प्रदान गरि सम्मान गरिएको हो ।
कार्यक्रममा सिनियर मेनेजर युबराज शर्माले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बारेमा उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।