वैदिक सभ्यतामा शिक्षालाई ज्ञान र चेतनाको उच्चतम् वैभवको विश्वासमा ज्ञान र ब्रह्म ज्ञान नै शक्ति मानिन्थ्यो । ऋषिको कुटीले राजाको सिंहासनबाट झरेर कुटीप्रति श्रृद्धा र समर्पण उच्चतम् रहन्थ्यो ।
शक्तिको वैभवमा ज्ञान प्राप्त नहुने हुनाले राजाको छोरा ऋषिको आश्रममा गएर ज्ञान र प्रशन्नताबाट शक्ति आर्जन गर्दथे । रामले विश्वमित्र, कृष्णले सान्दिपनी, भरतवंशका पाण्डव, कौरवहरु द्रोणाचार्यले राजदरवारमा नभइ ऋषि आश्रमको झुपडीमै ब्रहण्डको ज्ञान प्रवाह गर्दथे ।
ज्ञान र वैभवमा श्रद्धा, अघात विश्वास र नैतिक समर्पण देखिन्थ्यो । ज्ञानले कहिल्यै शक्तिको दासत्व सहेन र शक्तिले कहिल्यै पनि ज्ञानलाई प्रतिस्थापन गरेन ।
वशिष्ठ, सान्दिपनी, द्रोणचार्य, वेदव्यास लगाएतका ऋषि महर्षिहरु कहिल्यै शक्तिको खोजमा ज्ञान बन्दक बनाएको इतिहास पढ्न पाइदैन ।
यी महर्षीको ज्ञानलाई राजा महाराजाले सधैं अग्रभागमा राखेर राज्य संचालन गर्दा विश्वास र वैभवमा कहिल्यै कमी आएन । ती बिम्बहरु रामराज्य, भरतवंश जस्ता इतिहासको स्वर्णिमता सदैव जीवन्त छन् । तत्कालिन शिक्षामा उच्च संस्कार थियो । शिक्षा भित्रको ज्ञान र चेतनाले समाजमा सुशासन र समृद्धिको वैभव थियो ।
ज्ञान, चेतना, मन र मस्तिष्कको सन्तुलित प्रवाह निर्माण हुन्थ्यो । शिक्षा ज्ञानको कसीमा स्वतन्त्र थियो । ऋषि महर्षिहरु कहिल्यै राजाका दासत्व स्वीकार गरेको भेटिदैँन ।
वर्तमानको शिक्षामा ज्ञान होइन विभेद संवाहक देखिन्छ ।
शैक्षिक ज्योति पुञ्ज नै शक्तिको पृष्ठभूमिमा शिक्षा प्रवाह गर्दा ज्ञानको चिन्तनबाट विवेक निर्माण भन्दा शक्तिको सन्देशबाट विभेद निर्माण भएको स्पष्ट मूलत ग्रामीण क्षेत्रमा देखिन्छ ।
शिक्षाका नवीन आयामसँग वर्तमानिक समाजपरक चिन्तन प्रायः शून्य जस्तै देखिन्छ । शिक्षामा नीतिगत र स्वाधीन सन्देश निर्माण गरेर शिक्षाको सङ्कल्प शक्तिको परिधीय तत्वबोध र शक्ति कै जटिल प्रयोग अबोध बालवालिकाको मनस्पटलमा राख्ने र भ्रमित शिक्षाको भरमा व्यक्तिको भरणपोषण मै अवसरको शिक्षा निहीत देखिन्छ ।
त्यस्को ज्वलन्त उदाहरण कतिपय स्थानीय तहले विद्यालयमा शिक्षक छनौट गर्ने उद्देश्यले छनौट समिति र विषयविज्ञलाई जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा परीक्षा संचालन गर्ने र बन्द कोठामा शक्तिको दवाबमा परीक्षण गर्ने, आस्था र प्रभावका आधारमा शक्ति आकर्षण गरेर नियुक्ति गर्न नीतिगत व्यवस्थाको छिद्रताले समाजिक गतिविधिमै विचलनको जड निर्माण भएको छ ।
शिक्षाले सामाजिक न्याय र जवाफदेहिता प्रवाह गर्ने सन्देश पाठ्यपुस्तककै पृष्ठमा बन्द पानामा काक्षाकोठाको परिधीमा नै निहीत हुँदा शिक्षितको मानक प्रमाणपत्रको भारात्मक योग्यतामा निहित छ । शिक्षाको ज्योति पुञ्जमा विभेद फक्रिएको छ ।
शक्तिको वैभवमा व्यैक्तिक अवसरको वासना प्रवाह गर्दा सामाजिक गतिविधि लामबद्ध भीडमा शिक्षाको ज्ञान र चेतना बन्दकी राखेर स्थानीय सरकार परिवर्तन भए सँगसगै विद्यालयको नेतृत्व परिवर्तन हुने परम्पराको प्रथा जीवन्त शिक्षण परिवारबाटै दिनन्य छ ।
शिक्षाले शक्तिको तटस्थता र उच्च गरिमा कायम नराख्दा शिक्षा सरोकारवाला र अभिभावकहरुले आकर्षक भवनबाट गुणस्तरीय शिक्षा प्रवाह गर्नेमा विश्वसनीयता राखेको पाइदैँन ।
सु-संस्कृत समाज निर्माण गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षणीय विषयवस्तु र समाज रुपान्तरणका नवीन आयाम विद्यालय परिवेशमा पाइदैँन ।
विद्यालयका तीब्र विचलन, स्थानीय सरकारको शक्ति असन्तुलनको प्रयोग र विभेदको जगबाट विद्यालय शिक्षाको गुणस्तरले सन्देश निर्माण मात्रै गर्न सकेको छ । व्यावहारिक र जीवनपयोगी शिक्षाका सङ्कल्प, समाजपरक सोच निकै महत्वपूर्ण रहनु पर्दछ ।
समाजमा शक्तिको बलशाली वर्चस्वबाट राज्य स्रोतको वितरण व्यक्तिमुखी हुँदा समाजमा नीतिगत उपेक्षा र व्यक्ति सापेक्ष हुने स्थानीय निकायको भूमिका महत्वपूर्ण छ ।
अध्यक्ष र उपाध्यक्ष कोषमा मोटो रकम स्थानीय सरकार संचालन गर्दा वित्तीय अनुशासन कायम नभएपनि नीतिगत वैधता पाएको देखिन्छ ।
राज्यको आर्थिक स्रोत जनमुखी नभइ व्यक्तिमुखी बन्दा शिक्षितहरुको सन्देश शक्तिको वरिपरि सुमेरु पर्वतारोहणमा फस्दा सामाजिक जवाफदेही बन्नु पर्ने शिक्षित व्यक्ति नै गुलामतन्त्रको असली हकदार रहेको देखिन्छ । सामुहिकता विना समाज रुपान्तरण हुन सक्दैन ।
शिक्षाले सामुहिकता निर्माण गर्नु पर्नेमा त्यस्को प्रयोग देखिदैँन । शिक्षाले नवीन अभ्यास र सुसंस्कृत समाज निर्माण गर्ने तर्फ नीति निर्माणतह तथा शिक्षा सरोकारहरुले अवको समाज कस्तो बनानाउने भन्ने बहस गर्नु जरुरी छ । शिक्षामा तटस्थता र जवाफदेहिता रहनु पर्दछ ।
गणेश कोइराला
उप-प्राध्यापक
vaikoirala@gmail.com