सिन्धुली फेस्टिबल पौष २७ बाट सिन्धुलीमाढीमा हुने

सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ ।

आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । 

“कृषी, ब्यापार, उद्योग र पर्यटनको कसि: सांस्कृतिक तथा फुड फेस्टिबल २०८०” भन्ने मुल नाराका साथ फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिका प्रबन्धक अस्विन थापामगरले जानकारी दिए ।

करिब १० दिनसम्म संचालन हुने फेस्टिबलमा स्थानिय कला संस्कृतिको जगेर्ना, मौलिक बाजागाजा, स्थानिय उपभोग्य उत्पादित बस्तुको प्रदर्शन तथा बिक्री बितरण, स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिने प्रबन्धक थापामगरले बताए ।

२५ देखि ३० हजार बाह्य तथा आन्तरिक पर्यटकले प्रत्यक्ष अबलोकन गर्ने लक्ष राखिएको फेस्टिबलमा बाल उधान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गितीक र हास्यब्यङ्ग सहितको मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फेस्टिबलमा सिन्धुली जिल्लाभर उत्पादित कृषीजन्य उत्पादनको बिक्री बितरण तथा प्रदर्शनका लागी स्टल निशुल्क गराइनुका साथै हस्तकला तथा घरेलु उद्योगको उत्पादनलाई ५० प्रतिशत छुट दिइने छ ।

इभेन्ट तथा इन्टरटेनमेण्टका प्रबन्धक थापामगरका अनुसार सरकारी स्वास्थ्य संस्थालाई सेवाको लागी निशुल्क, उद्योग बाणिज्य संघमा आबद्ध ब्यापारीको लागि प्रती स्टल ३३ प्रतिशत छुटको ब्यबस्था समेत गरिएको छ ।’

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ११:०१

प्रतिक्रिया दिनुहोस्