विपद् प्रतिकार्यको निम्ती खोज तथा उद्धार सामग्री हस्तान्तरण

सिन्धुली – प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले
विपद् नियन्त्रणमा सहयोग पुग्ने विपद् पुर्वतयारी प्रतिकार्य योजना, खोज तथा उद्धार सम्बन्धी सामग्री कमलामाइ नगरपलिकालाइ हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच परियोजनाले कमलामाइ नगरपालिकालाई चार लाख ३१ हजार रुपैयाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेको हो । 

परियोजनाले टेलिस्कोपिक फोल्डिङ्ग ल्याडर, ड्रील मेसिन, फायर फाइटिङ् सुट, हेल्मेट, बुट, स्ट्रेचर लगायतको सामाग्री एक कार्यक्रमका बिच नगरप्रमुख उपेन्द्र कुमार पोखरेललाई हस्तान्तरण गरेको हो ।

प्लान नेपालको सहयोगमा विपद् नियन्त्रणमा सहयोग पुर्‍यउने सामग्री हस्तान्तरण गरिएको जिएसएस परियोजनाका अधिकृत नबराज श्रेष्ठले बताउनुभयो ।

सामाग्री ग्रहण गर्दै नगरप्रमुख पोखरेलले विपदमा स्थानीय बासिन्दा, दातृ निकाय तथा अन्य संघ संस्थासँग सहकार्य गर्ने नगरपालिकाको योजना अनुरुप ह्याण्डसँग सहकार्य गरिएको बताउनुभयो ।

विपद् नियन्त्रण गर्ने सामग्रीले नगरपालिका लगायत छिमेकी अन्य पालिकामा समेत हुने घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २६ असार २०८१, मंगलवार ११:२३

प्रतिक्रिया दिनुहोस्