अनाथ बालबालिकालाई विद्यालय पोसाक वितरण

सिन्धुली – जिल्लामा सञ्चालित जिएसएस परियोजनाले कमलामाई नगरपालिका —५ स्थित कमला जनज्योती माध्यामिक विधालय सिलामेमा अध्यनरत ३४ जना अनाथ बालबालिकाहरुलाई शुक्रबार विद्यालय पोसाक वितरण गरेको छ ।

प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले विद्यालयमा अध्यनरत ३४ अनाथ बालबालिकालाई विद्यालय पोसाक स्वरुप सर्ट पाईन्ट र ट्रयाकसुट सेट वितरण गरेको हो ।

विद्यालय पोसाक एक कार्यक्रमका विच कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बालबालिकालाई वितरण गर्नुभएको हो । विद्यालयमा अध्ययनरत मध्ये ३४ जना अनाथ बालबालिकाहरुलाई आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने विद्यालय पोसाक वितरण गरिएको जिएसएस परियोजनाका अधिकृत नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले ‘केही नभएका र कोही नभएका बालबालिकालाई सहयोग गर्नु हामी सबैको दायित्व पनि हो’ उहाँले भन्नुभयो, ‘विभिन्न संघ–संस्थासँगको सहकार्यमा ह्याण्डस नेपाल सिन्धुलीले गरेको सहयोगले अनाथ बालबालिकालाई ठूलो सहयोग पुगेको छ ।’

पोसाक हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले केही नभएका र कोही नभएका अनाथ बालबालिका शिक्षा आर्जनबाट बन्चित हुँन नपरोस भन्ने उदेश्यले कमलामाई नगरक्षेत्र भित्रका सम्पुर्ण अनाथ बालबालिकालाई आवास सहितको सम्पुर्ण अध्यन खर्च नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनाथ बालकालिकालाई स्वास्थ्य बिमाको लागी नगरपालिकाले सहयोग गर्र्ने प्रतिवद्धता व्यक्त गर्दै आवस्यक प्रक्रिया अनुसार विवरण संकलन गरि नगरपालिका संग समन्यय गर्न विधालयलाई पोखरेलले आग्रह समेत गर्नुभयो ।

उक्त विधालयमा अध्यनरत ३४ बालबालिकाको लागी कमलामाई नगरपालिकाले बार्षिक रुपमा २० लाख रुपैयाँ सहयोग गर्दै आएको विधालयका शिक्षक भक्त नारायण श्रेष्ठले बताउनुभयो ।

साथै यस विधालयमा जिएसएस परियोजनाले विधार्थीहरुलाई विभिन्न सहयोग संगै महिनावारी आराम कक्ष निर्माण, विधार्थी गुनासो व्यबस्थापन पेटिका, वेस्ट डिस्पोजल पिटको व्यवस्थापन लगाएत स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा सहयोग गरिरहेको छ ।

परियोजनाको सहयोगले विधार्थीमा सकारात्मक प्रभाव परेको विधालयका शिक्षक नन्दलाल श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार ०८:३८

प्रतिक्रिया दिनुहोस्