सिन्धुली – सोमबार सिन्धुलीमाढिमा आयोजित जनप्रतिनिधी र ब्यबसायी समुहबिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी समुह ५-० को फराकिलो अन्तरले बिजयी भएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगीतामा आयोजक समूह कमलामाइ नगरपालिकाको कर्मचारी र जनप्रतिनिधी समुहबाट पराजित बनेको हो ।
निर्धारित ९० मिनेटको पहिलो हाफसम्म दुबै समुहबाट कुनै पनि गोल हुन नसकेपनी खेलको ४७ मिनेटमा जनप्रतिनिधी समुहबाट कमलामाइ नगरपालिका वडा नम्बर -५ का वडा सदस्य कल्याण सुनुवारले पहिलो गोल गरेपछी जनप्रतिनिधी समुहले बिजयीयात्रा शुरु गरेको हो ।
कमलामाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको कप्तानीमा खेलमैदानमा उत्रिएको जनप्रतिनिधी समुहबाट कमलामाइ नगरपानीका वडा नम्बर -६ का वडाध्यक्ष उज्ज्वल कुमार थापाले सर्वाधिक २ गोल, वडा नम्बर -९ का वडाध्यक्ष बिनोद प्रधानले १ गोल र खेलको अन्तिम समयमा नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले १ गोल गरेर ५-० को अन्तरले जनप्रतिनिधि समूह बिजयी बनेको हो ।
मैत्रीपुर्ण खेल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बल प्रहार गरि उद्घाटन गर्नुभएको थियो । उद्धोग बाणिज्य संघ सिन्धुलीले आफ्नो ५४ औं स्थापना दिवसको अबसरमा तीन दिवसिय बिबिध कार्यक्रमको आयोजना गरि मनाइरहेको उद्धोग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो ।