अपाङ्गता भएकाहरुको लागी समाबेशी खेलकुद प्रतियोगिता सम्पन्न

सिन्धुली – सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा मंगलबार अपाङ्ग भएका ब्यक्तीहरुको लागी समाबेशी खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाइ नगरपालिका नगर खेलकुद बिकास समितीको सहयोगमा शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तीहरुको लागी ब्याडमिन्टन र बौद्धिक अपाङ्गता भएका ब्यक्तीहरुको लागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो ।

शारीरिक अपाङ्ग भएका ब्यक्तीहरुको लागी ह्विलचियर दौड प्रतियोगितामा तिनपाटन – १ बेलघारिका जितबहादुर आले प्रथम भएका छन । त्यस्तै सोही प्रतियोगितामा कनपा -५ का बिश्वलाल थिङ द्वितीय भएका छन भने कनपा -७ कि चमलादेबि कार्की तृतीय भएकी छिन ।

बहिरा ब्यक्तीहरुको लागी आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगितामा खयरमारा -११ का निराजन स्याङ्ग्तान प्रथम भएका छन । सोहि खेलमा कनपा -१२ कि खेमकुमारी सिंजाली मगर द्वितीय भइन भने महोत्तरीकि खुसबु महत्तोले तृतीय स्थान हासिल गरिन ।

बौद्धिक अपाङ्गता भएका ब्यक्ती लक्षित आयोजना गरिएको बोसिया खेल प्रतियोगितामा भने कनपा – ६ कि सरिता भोलन प्रथम भएकी छिन । सोही खेलमा कनपा -४ कि अनिशा स्याङ्ग्तानले दोश्रो स्थान हासिल गरिन भने कनपा – ५ कि साबित्रा कार्की तेस्रो भइन ।

तीन खेलमै सहभागी भइ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेर बिजयी हुने प्रतियोगीलाई नगद, मेडल र प्रमाण-पत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ०९:०५

प्रतिक्रिया दिनुहोस्