लागु औषध दुरुपयोग विरुद्ध सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

सिन्धुली — लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध साताव्यापी कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अभियानको दोस्रो दिन शुक्रबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी कार्यालय सिन्धुलीले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस (जुन २६) को सन्र्दभ पारेर विभिन्न जनचेतनामुलक कार्यक्रम विहिबारबाट संचालन गरिरहेको हो ।

“लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने मुल नाराका साथ असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि दिवस मनाउन लागीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

साताव्यापी कार्यक्रम अन्र्तगतको पहिलो दिन कमलामाई नगरपालिका –६ स्थित गौमती माध्यमिक विद्यालय, कनपा–८ भिमानस्थित कमला माध्यमिक विद्यालय, घ्याङ्लेख गाउँपालिका –२ भैसेमा अवस्थित माध्यमिक विद्यालय, मरिण गाउँपालिका –७ स्थित लाईट पोल स्टार एकेडमी, दुधौली नगरपालिका –४ डकाहा स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालय र गोलञ्जोर गाउँपालिका –७ स्थित जनज्योती माध्यमिक विद्यालयमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै दोस्रो दिन आज असार ७ गते शुक्रबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरोकारवालासँगको छलफलमा साताव्यापि कार्यक्रमलाई थप प्रभावकारी कसरि बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

साताव्यापी कार्यक्रमको तेस्रो दिन अर्थात असार ८ गते शनिबार स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सन्देशमुलक सामाग्री प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रम रहेको छ भने असार ९ गते आइतबार समुदायमा आधारित लागु औषध सम्बन्धित सचेतनामुलक कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

असार १० गते सोमबारका दिन थुनुवा कैदीबन्दीहरुका लागि लागु औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने, असार ११ गते मंगलबार जिल्लाभित्र रहेका तीन ठुला मार्गहरु विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवार सवारी साधन जाँच, सवारी साधन चालक र यात्रुहरुलाई सचेतनामुलक पर्चा, पम्पप्लेट वितरण गर्ने कार्यक्रम रहेको छ ।

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको मुख्य दिन अर्थात असार १२ गते बुधबार सिन्धुलीमाडीमा प्रभातफेरी लगायतका जनचेतनामुलक बिबिध कार्यक्रम सञ्चालन गरिने प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

प्रहरीले सुरु गरेको यो साताव्यापी कार्यक्रममा जिल्लाका राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता, नागरिक समाज, सञ्चारकर्मी लगायत सम्पूर्ण स्थानीयबासीहरुको पुर्ण रुपमा सहयोग हुने विश्वास सिन्धुली प्रहरीले लिएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार १५:४७

प्रतिक्रिया दिनुहोस्