नेरेसो शिद्धवावा उपशाखाले गणतन्त्र दिवसमा रक्तदान कार्यक्रम गर्ने

कमलामाई – नेपाल रेडक्रस सोसाइटी शिद्धवावा उपशाखाको बैठक आइतबार उपशाखाको कार्यालयमा सम्पन्न भएको छ । बैठकले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने देखि केही महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले गणतन्त्र दिवसको अबसरमा २०८३ जेष्ठ १५ गते उपशाखाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, चिकित्सा तथा एम्बुलेन्स सेवासँग समन्वय गरिने र सबै पदाधिकारीमार्फत रक्तदाताहरूलाई सहभागिताका लागि अनुरोध गरिने जनाइएको छ ।

वर्षायाममा बाढी–पहिरोबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै बैठकले राहत तथा उद्धार सामग्री तत्काल खरिद गरी आवश्यकता अनुसार वितरण गर्ने गरि समितीलाई जिम्मेवारी प्रत्यायोजन गरेको छ ।

साथै, २०८३ वैशाख २० गते सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगिता, जा हेनरी ड्युनाको जन्म जयन्तीको कार्यक्रम आयोजना लगायत अन्य गतिविधिमा भएको खर्च बैठकले अनुमोदन गर्ने निर्णय गरिएको छ ।

उपशाखाका अध्यक्ष सन्तोष बोहोराको अध्यक्षतामा संचालित बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उपशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार ०६:०३

प्रतिक्रिया दिनुहोस्