सिन्धुली – पत्रकारितामा सूचनाको हकको प्रयोग विषयक दुई दिने अभिमुखिकरण कार्यक्रम शुक्रबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ ।
कमलामाई नगरपालिकाको सहयोग तथा अंकपत्र मिडिया ग्रुप प्रा.लिको आयोजनामा संचालित अभिमुखिकरण कार्यक्रमलाई राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झा र सौर्य दैनिकका पत्रकार दिपक आचार्यले सहजिकरण गरिरहनु भएको छ ।
अंकपत्र मिडिया ग्रुपका अध्यक्ष पुष्कर थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा अभिमुखिकरणको उद्घाटन गरिएको हो ।
उदघाटन समाराेहका प्रमुख अतिथि तथा नगरप्रमुख पोखरेलले अभिमुखिकरण कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै पत्रकार र पत्रकारिता समाजकाे ऐना भएकोले आम पत्रकारिता पेशामा रहेका संचारकर्मीहरु जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।
उहाँले सामाजिक रूपान्तरणका लागि पत्रकारहरुले पेशागत मर्यादा कायम राख्दै अगाडि बढ्न जरूरि रहेकाे बताउनु भयाे । साथै नगरप्रमुख पोखरेलले राज्यमा जवाफदेहिता, पारदर्शीता र सुशासन कायम गराउनका लागी नागरिक र लाेकतन्त्रलाई बलियाे बनाउन सुचनाकाे हक सम्बन्धी तालिमले महत्वपुर्ण याेगदान पुर्याउन सक्ने बिश्वास ब्यक्त गर्नुभयाे ।
कार्यक्रमका प्रशिक्षक तथा राष्ट्रिय समाचार समिती (रासस) का अध्यक्ष नेपाल धर्मेन्द्र झाले कार्यक्रमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नागरिक सु-सुचित भएपछि मात्र लाेकतन्त्र बलियाे हुने बताउँदै सुचनाकाे हक पत्रकारहरूकाे लागी मात्र नभएर आम नागरिककाे हक भएकाे भन्दै राज्य नागरिक प्रति जवाफदेहि हुनुपर्ने बताउनुभयाे ।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे, पुर्व-अध्यक्ष श्यामहरी अधिकारी, प्रेस युनियन सिन्धुलीका अध्यक्ष वरुण लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा जिल्लाका ३० जना सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागिता छ ।