पत्रकारिताको धर्म समाजमा गलत भ्रम छर्नु होइन : प्रमुख राई

सिन्धुली – सिन्धुलीको खुर्काेटमा रहेको यातायात व्यवस्था कार्यालय अनियमितता र कानुनविहीन भएको भनी केही दिन अघि देखि विभिन्न सामाजिक संजाल र केही मिडियामा आएको समाचार प्रती यातायात व्यवस्था कार्यालय खुर्कोटको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख ताराकिरण राईले अंकपत्र संगको कुराकानीमा बिनाआधार कार्यालयलाई बदनाम गराउने उदेश्यले मनगणन्ते हिसाबले कार्यालयको कुनै आधिकारिक जानकारी बिना मनलाग्दी हिसाबले समाचार प्रकाशन गरेको भन्दै पत्रकारिताको धर्म गलत अफवाह फैलाउने नहुने बताउनुभयो ।

कार्यालय प्रमुख राईले दुई वर्षका लागि सम्झौता गरेर भाडामा लिइएको निजी भवनमा सम्झौता अवधि सकिएपछि समेत कार्यालय सञ्चालन भइरहेको भनी मिडियाले गलत अफवाह फैलाएको बताउनुभयो ।

गोलन्जोर गाउँपालिका -७ खुर्कोटमा हाल यातायात व्यवस्था कार्यालयका दुई भवन बाट कार्यालय सञ्चालन भएकोमा एउटा भवनको सम्झौता अबधी आउदो माघ सम्म रहेको र अर्को भवनको सम्झौता अबधी यहि असारमा सकिएको र त्यसको सम्झौता अबधी थपको प्रक्रियामा रहेकोले यसलाई गलत अफवाफ नफैलाउन मिडिया सम्बद्धलाई प्रमुख राइले आग्रह गर्नुभयो ।

सार्बजनिक कार्यालय संचालनको प्रक्रियाबारे चासो राख्नु स्वभाबिक भएको बताउदै राइले भन्नुभयो, ‘यदि उक्त मिडियाले मलाई फोन गरेर या कुनै माध्यमबाट कार्यालय संचालनको लागी भएको सम्झौता माग्नु भएको भए म कुनै हिच्किचाहट तबरले दिन्थे तर त्यो कुनै जानकारी माग गरेको मलाइ थाहा छैन त्यत्तिकै आफ्नो खुशी समाचार लेखेर आम जनमानसमा भ्रम छर्नु राम्रो भएन उहाँले भन्नुभयो ।’

गलत गर्दैगर्दा मिडियामात्रै होइन आम नागरिकले समेत सचेत गराउनु पर्छ त्यो सजग गराउनु राम्रो कार्य हो तर आफ्नो हिसाबले समाचार बनाएर भ्रम छर्नु राम्रो होइन उहाँको भनाइ छ ।

कार्यालयलाइ ब्यबस्थित गर्नुपर्ने पाटोहरु धेरै छन । कार्यलयको २६ कर्मचारीको दरबन्दी रहेको भएपनी हाल तीन जनामात्रै स्थाइ कर्मचारीको भरमा कार्यालय संचालन गरिरहनु परेको छ । यसका बाबजुत पनि कर्मचारी पदपूर्ति लगायतका यावत समस्याहरु बिद्यमान छन ।

प्रमुख राइले भन्नुभयो, म यस कार्यालयमा प्रमुख भएर हाजिर भएको करिब तीन महिना मात्रै पुग्दैछ, कार्यालयलाई ब्यबस्थित बनाउने तर्फ कामहरु गरिरहेको छु तर यस्ता गलत सुचना र समाचारले नागरिकमा गलत भ्रम छर्न सघाउ पुग्ने हुँदा यस्तो कार्य नगर्न सम्बद्ध मिडिया र सामाजिक संजाललाई उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आईतवार १८:४४

प्रतिक्रिया दिनुहोस्