क्लासमेट उत्सवले शुरु गरेका ‘दिया बिक बचाउ अभियान’

सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका–६, स्थित धुराबजारकी ब्लड क्यान्सर रोगबाट पीडित दिया बिकलाई करिब ९५ हजार रुपियाँ सहयोग रकम प्राप्त भएको दिया बिक बचाउ अभियानका अभियन्ता उत्सव पोखरेलले बताएका छन । 

शिद्धस्थली आवासिय बिधालय माढिबजारबाट यसै बर्ष (एसइइ) परिक्षा दिएकी १६ बर्षिय दिया बिक ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित भइ हाल त्रीबी शिक्षण अस्पताल काठमाडौमा उपचारार्थ छिन ।

पारिवारिक अबस्था अत्यन्त कमजोर रहेको दियाको उपचारमा केही सहयोग पुगोस भन्ने उदेश्यले संगै (एसइइ) दिएका उत्सव पोखरेलले केही दिन अगाडी दिया बिक बचाउ अभियान शुरु गरेका थिए । उनले संचालन गरेको उक्त अभियानमा अनलाइन मार्फत ८५ हजार ६९७ सहयोग रकम संकलन भएको र नगद ९ हजार ४०० रुपैयाँ संकलन भएको पोखरेलले जानकारी दिए ।

संकलन भएको सहयोग रकम अस्पतालमा पुगेर दुई दिन पछि बिरामिको परिवारलाई उपलब्ध गराउने पोखरेलले वताए । उनले भने, ‘हामी क्लासमेट हौं, आफ्नै साथी ब्लड क्यान्सर जस्तो रोगबाट अस्पतालको बेडमा छट्पटाइ रहेको अबस्थामा एउटा साथिको नाताले केही सहयोग होस भन्ने उदेश्यले यो अभियान चलाएको हु । यस अभियानमा धेरै जनाले सहयोग गर्नुभएको छ । सहयोगी सम्पुर्णप्रती आभार ब्यक्त गर्दछु ।’

पर्सि अस्पताल पुगेरै संकलित सहयोग रकम बिरामीको परिवारलाई उपलब्ध गराउछु, त्यतिबेला सम्मको लागी सहयोग गर्न इक्छुक ब्यक्तीहरुले सहयोग गर्न समेत उनले आग्रह गरे ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १४:४०

प्रतिक्रिया दिनुहोस्