प्रीन्सराजद्वारा (एसइइ) परिक्षामा उत्कृष्ट छात्रालाई पुरस्कार प्रदान

सिन्धुली – जिल्लाको सामुदायिक बिधालयहरु मध्ये माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याउने गौमती माध्यमिक बिधालयकि छात्रालाई पुरस्कार प्रदान गरिएको छ ।

जिल्लाको सामुदायिक बिधालयहरुबाट सम्मिलित गएको (एसइइ) परिक्षामा गौमती माध्यामिक बिधालयमा अध्यनरत छात्रा सोबिच्छा कार्कीले उत्कृष्ट जिपिए सहित पहिलो भएकी हुन ।

उनी ३.९२ जिपिए सहित जिल्लाको सामुदायिक बिधालयहरुबाट सहभागी परिक्षार्थी मध्ये प्रथम भएकी गौमती बिधालयका प्रधानाध्यापक दिपक बुढाथोकीले जानकारी दिए ।

उत्कृष्ट छात्रा सोबिच्छा कार्कीलाई पुरस्कार स्वरुप १२ हजार नगद प्रदान गरिएको हो । नगद पुरस्कार युवा व्यावसायि तथा गायक प्रीन्सराजको पहलमा मनोज थापा, अदनान शाह, ओमिता श्रेष्ठ, संजय महर्जन र बिक्की शाहको सहयोगमा अंकपत्र मिडिया मार्फत प्रदान गरिएको हो ।

पुरस्कार रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता रोशन लामाले उत्कृष्ट छात्रा कार्कीको आगामी उज्ज्वल शैक्षिक भबिस्यको शुभकामना ब्यक्त गर्दै सहयोगी ब्यक्तीहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । पुरस्कार स्वरुप प्रदान गरिएको नगद राशी ठूलो नभएपनी आगामी शैक्षिक भबिस्यको लागी हौसला स्वरुप यस पुरस्कारलाई ग्रहण गरिदिन लामाले आग्रह समेत गर्नुभयो ।

सहयोगीहरुको तर्फबाट गायक प्रीन्सराजले थोरै भएपनी हौसला स्वरुप सम्झेर पुरस्कारलाई ग्रहण गरिदिन आग्रह गर्दै सिन्धुली जिल्लाबाट आगामी बर्षहरुको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा सामुदायिक बिधालयहरु मध्येबाट उत्कृष्ट हुने एक बिद्यार्थीलाई हरेक बर्ष आफ्नो ब्यक्तिगत तर्फबाट पुरस्कार स्वरुप नगद १० हजार प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

बिद्यार्थीमा उच्च मनोबल राख्न र एउटा हौसला प्रदान होस भन्ने उदेश्यले उक्त पुरस्कारको प्रतिबद्धता गरेको प्रीन्सराजले बताउनुभयो । गौमती माध्यमिक बिधालयबाट यस बर्ष माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा एक सय ४३ परिक्षार्थी सहभागी थिए । जस मध्ये एक सय दुई जना परिक्षार्थि पास भएका बिधालयका प्रधानाध्यापक दिपक बुढाथोकिले बताउनुभयो ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार ०५:४६

प्रतिक्रिया दिनुहोस्