स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता सिन्धुलीमा शुरु

सिन्धुली – सिन्धुलीमा स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । समाजसेवी तथा निर्माण व्यावसायी छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनको मुख्य प्रायोजनमा उहाँहरुको स्व. बुबा नरबहादुर बम्जनको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना ब्लु अल्पाइन क्लब सिन्धुलीले गरेको हो ।

प्रतियोगिताको उद्घाटन कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यता, क्लबका अध्यक्ष सुर्यबहादुर थापा (सुरेश) को अध्यक्षता र बम्जन परिवारका सम्पुर्ण सदस्य र अन्य संघसंस्थाका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा गरिएको हो ।

अत्यधिक पुरस्कार राशी राखिएको उक्त प्रतियोगितालाई सभ्य र भब्य बनाउन सम्पुर्ण खेलप्रेमी खेलाडी, आयोजक संस्थाका सदस्य, दर्शकहरुलाइ सहयोग गरिदिन स्व. नरबहादुर बम्जनका छोरा तथा समाजसेवी छेत्रबहादुर बम्जनले बताउनुभयो ।

उहाँले खेल खेल्ने खेलाउने क्रममा कोहिकसैबाट अन्जानमा केही कमिकमजोरी भए स्व. पिता नरबहादुर बम्जनको सम्झनामा त्यस्लाइ कुनै रिसराग नराखी सभ्य ढंगमा प्रतियोगिता सम्पन्न गराउनलाइ सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

१९९५ चैत ३ गते जन्मिनु भएका नरबहादुर बम्जनको २०६७ पौष ४ गते मृत्यु भएको थियो । ब्रिटिश आर्मीमा जागिरे जीवन ब्यतित गरेका स्व. बम्जन जागिर पश्चात् सामाजिक सेवामा क्रियाशिल हुनुहुन्थ्यो । स्व. बम्जनको तीन छोरा र पाँच छोरी रहेका छन ।

स्व. नरबहादुर बम्जनको स्मृतिमा पहिलोपटक आयोजना गरिएको फुटबल प्रतियोगितालाइ आगामी बर्षहरुमा पनि निरन्तरता दिने समाजसेबी तथा निर्माण ब्यबसायी छेत्रबहादुर बम्जनले बताउनुभयो ।

उद्घाटनसत्रमा बोल्दै कमलामाइ नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकामा आयोजना गरिएको यस फुटबल प्रतियोगिताले जिल्लाभरको खेलक्षेत्रलाइ अझै थप उचाईमा पुर्याएको बताउनुभयो ।

केही दिन अगाडि नगरपालिकामा आयोजना गरिएको मेयरकप फुटबल प्रतियोगिता नगरपालिका लक्षित भयो भन्ने गुनासो आइरहेका बेला यस प्रतियोगिताले सिङ्गो जिल्लालाइ प्रतिनिधित्व गरेको खत्रीको भनाइ छ ।

स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगितामा जिल्लाभरमा ३० क्लब तथा समुहले भाग लिएका छन । जसमध्ये पहिलो खेल प्रतियोगिता आयोजक क्लब ब्लु अल्पाइन क्लब सिन्धुलीमाढी र शुभसिन्धु क्लब ढुङ्ग्रेबासबिच प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धामा आयोजक क्लब ब्लु अल्पाइन क्लबले ३ गोल गरेर बिजयी भयो भने शुभसिन्धु क्लब ढुङ्ग्रेबास २ गोल गर्दै पराजित हुन पुग्यो । त्यस्तै दोश्रो खेलमा न्यु कमलामाइ युवा मंच कनपा -८ करकरे बिजयी भएको छ । न्यु कमलामाइ युवा क्लब करकरेसङ्ग खेल प्रतिस्पर्धा गरेको नवप्रतिभा युवा क्लब ढकालगाउँले १ गोलको सामना गर्न नसक्दा पराजित बन्यो ।

स्मृतिकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रु. २ लाख १० हजार, सिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार १ लाख सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितालाइ प्रभाबकारी बनाउन प्रतियोगितामा सहभागी प्रत्येक खेलाडिको खेल अबधिभरको लागी बिमा समेत गरिने ब्यबस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष सुर्यबहादुर थापा (सुरेश) ले बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १९:१४

प्रतिक्रिया दिनुहोस्