कमलामाई मेयरकप फुटबल उपाधीको लागी वडा नं. ५ र १० भिड्ने

सिन्धुली – कमलामाई नगरपालिका मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नम्बर ५ र वडा नम्बर १० ले फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन ।

कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितीद्वारा आयोजित वडास्तरिय मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता चैत्र ५ गतेदेखी सिन्धुलीमाढीमा जारी छ ।

आज भएको सेमिफाइनल खेलमा वडा नम्बर ५ र वडा नम्बर १३ को प्रतिस्पर्धा भइ वडा नम्बर ५ फाइनलमा प्रबेश गरेको हो भने दोश्रो सेमिफाइनल तर्फ वडा नम्बर १ र १० प्रतिस्पर्धा गर्दै वडा नम्बर १० फाइनलमा प्रबेश गरेको हो ।

फाइनल खेल आउदो सनिबार १ बजे सोही खेल मैदान सिन्धुलीमाढी खुल्लामञ्चमा आयोजना हुने खेलकुद बिकास समितीका अध्यक्ष लोकबहादुर थापाले अंकपत्रलाई जानकारी दिए ।

वडा स्तरिय फुटबल खेल प्रतियोगितामा नगरपालिकाका ११ नम्बर वडा बाहेक १३ वडाले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगिताको विजेताले नगद ४० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन भने उपविजेताले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर समितीका सदस्य दिपक श्रेष्ठले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १५:२०

प्रतिक्रिया दिनुहोस्