युबा नागरिक अंकपत्र सञ्चालनबारे संचारकर्मीसंग सम्बाद सम्पन्न

सिन्धुली – प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय बिकास समाज (ह्याण्डस) नेपालको साझेदारीमा संचालित युबाहरुको आवद्धतामा स्थानिय तहको जवाफदेहीता अभिबृद्धि परियोजनाले गरेका गतिबिधीहरु बारे बुधबार संचारकर्मीसंग सम्बाद तथा अन्तरक्रिया गरिएको छ ।

परियोजनाले कार्यक्षेत्रमा देखिएका समस्या, त्यसको समाधानका लागी गरिएका कार्य, भाबी चुनौती लगायतका बारेमा संचारकर्मी संग सम्बाद आयोजना गरिएको हो । युबा नागरिक अंकपत्र कार्यक्रम हाल सिन्धुलीको कमलामाइ नगरपालिकाको वडा नम्बर १, ५, ६, ९, १३ र १४ का ६ वटा बिधालय र ६ वटा स्वास्थ्य संस्थामा संचालन भइरहेको छ ।

बिशेषगरि १६ देखी २४ बर्षको उमेरसमुह संग लक्षित यस परियोजनाले शिक्षा, स्वास्थ्य, बाताबरण तथा सरसफाइ, सडक दुर्घटना न्यूनीकरण, लगायतको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि रक्षा पौडेलले बताउनुभयो ।

यस परियोजना संचालन पछि खासगरी बिधालय क्षेत्रमा दुसित खानेपानीको प्रयोग, प्रयोगकर्तामैत्री शौचालयको अभाब, महिनाबारीमैत्री सरसफाइको अभाब, सेनेटरी प्याडको उचित ब्यबस्थापन तथा बिसर्जन स्थलको समस्या, बालमैत्री फर्निचरको कक्षाकोठामा अभाब लगायतका समस्यामा सुधार गरिएको परियोजनाले जनाएको छ ।

स्वास्थ्य संस्थाहरुमा गोप्य स्वास्थ्य जाँच तथा परामर्श कक्ष नहुदा समस्या भइरहेको अबस्थामा परियोजना संचालन पछि यी लगायतको कार्यमा सुधार गरिएको छ । युबाहरुको आवद्धताद्वारा स्थानिय तहको जवाफदेहीता अभिबृद्धी परियोजनाको मुल उदेश्य स्थानिय सेवा प्रदायकहरुको जवाफदेहीता अभिबृद्धीका लागी युबाको आवद्धता अभिबृद्धी गर्नु रहेको छ ।

युबा नागरिक अंकपत्र सञ्चालनको लागी प्लान इन्टरनेशनल नेपालका प्रायोजित परिवार र परिबर्तनका सम्बाहकहरु मध्येबाट परियोजना कार्यक्षेत्रका प्रत्येक वडामा पाँच जना रहनेगरी क्षमता, रुचि र बिशेषताका आधारमा ३० युवा स्वयंसेवक छनौट गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, बिहीबार ०२:३८

प्रतिक्रिया दिनुहोस्