दुधौलीको मगर्नी खोल्सामा खसेको ट्याक्टर सशस्त्र प्रहरीद्वारा उद्धार

सिन्धुली – सशस्त्र प्रहरीले अबिरल बर्षातको कारण ग्याबिन तार कटान गरी आगनमा पार्कीङ्ग गरी राखेको ट्याक्टर खोल्सिमा खसेपछि उद्धार गरेको छ ।

जिल्लाको दुधौली नगरपालिका वडा नं. १ चिसापानि पुर्खैली घर भएका भरत पहाडीको घरको आगनमा पार्किङ गरि राखिएको ट्याक्टर अबिरल बर्षातको कारण मगर्नी खोल्साले कटान गरि ट्याक्टर खोल्सिमा खसेको थियो ।

घटनापछि सशस्त्र प्रहरी बल नेपाल मनसुन बिपद ब्याबस्थापन बेश दुधौलीबाट सप्रनानि दावा दोर्जे लामाको कमाण्डमा हतपते प्रहरी चौकीबाट प्र.स.नि सुर्य ब. तामाङ्गको टोलि र दुधौली नगरपालिकाको नगर प्रहरी सहित स्थानियको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म सिन्धुलिका गुल्मपती बलराम प्रसाईले जानकारी दिनुभयो ।

पहिरो र मगर्नी खोला कटान भइ ट्याक्टर खोल्सामा खसेको भएपनी कुनै मानबिय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलवार ०४:२९

प्रतिक्रिया दिनुहोस्