सिन्धुली – वागमती प्रदेश सरकार सामाजीक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यान्वयन इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको रंगशालालाई एक औपचारिक कार्यक्रमका बिच कमलामाइ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालीका वडा नम्वर ५ मा उक्त रंगशाला निर्माण गरिएको हो । वागमती प्रदेश सरकार सार्वजनिक निर्माण कार्यान्वय इकाईका प्रमुख डा. चन्द्रप्रसाद लुईटेलले कमलामाई नगरपालीकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलाई रंगशालाको साँचो हस्तान्तर गरेका हुन ।
उक्त रंगशाला ७ करोड ४६ लाख ५४ हजार ७ सय ७९ रुपैयाँको लागतमा धुलिखेल निर्माण सेवा प्रा.लिले निर्माण कार्य सम्पन्न भरेको हो ।
कमलामाई नगरपालीकालाई हस्तान्तरण भएको उक्त सिन्धुली रंगशालामा १ सय मिटर लामो प्याराफिट छ । त्यसमा आठ स्टेफ रहेका छन । १६ सय जनाले एकै पटक प्याराफिटमा वसेर खेल हेर्न सकिने गरि उक्त रंगशालाको निर्माण भएको सार्वजनिक निर्माण कार्यान्वयन ईकाइले जनाएको छ ।