गोलन्जोर गाउँपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकाले आ.व. ०८०/८१ मा सम्पादन गरेका कार्य तथा बिकास योजना र नियमित सेवा प्रवाह सम्बन्धी दोस्रो चरणको सार्बजनिक सुनुवाइ कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।

गोलन्जोर गाउँपालिकाको आयोजना तथा अंकपत्र मिडिया ग्रुपको सहजिकरणमा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रम गोलन्जोर -३ ग्वाल्टारमा सम्पन्न भएको हो । दुई चरणमा आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रम पहिलो चरणमा गएको चैत्र २० गते सम्पन्न भएको थियो ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष संकरराज बरालको अध्यक्षता तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको उपस्थितिमा सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले सबै शाखाका योजना, कृषि, पशुु, शिक्षा, स्वास्थ्य, लेखा, उद्यम विकासमार्फत भएका सम्पुर्ण आर्थिक र भौतिक प्रगतिलाई प्रतिबेदन मार्फत प्रमुख प्रशासकिय अधिकृत ठाकुर प्रसाद दाहालले प्रस्तुत गर्नुभयो ।

सुुनुुवाइ कार्यक्रममा सेवाग्राहीबाट उठेका जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहाल र गाउँपालिका अध्यक्ष संकरराज बरालले जवाफ दिनुभएको थियो । सेवाग्राहीले खास गरि अहिलेको एसइइको नतिजा सङ्ग सम्बन्धित रहेर शिक्षा, कृषि र योजनाको बिषयबस्तुमा रहेर जिज्ञासा राखेका थिए ।

गाउँपालिका अध्यक्ष बरालले सुशासन कायम गर्न भ्रष्टाचार न्यूनीकरण गर्न पहिलो प्राथमिकतामा राखिने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बिभिन्न राजनीतिक दल, इलाका प्रहरी कार्यलय खुर्कोटका प्रहरी प्रमुख लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार बुद्ध कुमार आछामीले गर्नुभएको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार ११:३६

प्रतिक्रिया दिनुहोस्