आफ्नो निर्वाचन क्षेत्रलाई देश ठानेर बजेट नल्याउन दाहालको चेतावनी

काठमाडौँ – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् ।

उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गरे । मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।

‘धेरै वर्षदेखि निरन्तर निर्माणाधिन अवस्थामा रहेका रणनीतिक सडकहरु, निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरु चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन् ।

यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, दाहालले अगाडि भने ।

‘यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताव ल्याउनुहुने छैन ।

सिंगो मानव सुचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरुलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताव आउने छ । मन्त्रालयस्तरिय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ ।’ सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने बताए।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०७:२८

प्रतिक्रिया दिनुहोस्