मेयरसाप ! यो गुन कहिल्यै विर्सिने छुइन, देशको नाम राखेर फर्किन्छु

सिन्धुली – जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिक खेलका लागी छनौटमा परेका सिन्धुलीका एकजना खेलाडीलाई कमलामाइ नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

कमलामाई नगरपालिका–६ का धनबहादुर थापा जापानको टोकियोमा आयोजना हुने डिफ ओलम्पिकका लागी छनौटमा परेका थिए । तर खेलका लागी जापान जान, आउन र बस्नका लागी आर्थिक अबस्था कमजोर भएकोले खेलमा सहभागी नहुने निर्णयमा थापा पुगेका थिए ।

तर थापालाई खेलका लागी तयारी गर्न, जान आउन र बस्नको लागी कमलामाइ नगरपालिकाले सहयोग गर्ने भन्दै बिहिबार कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले भिडियो कल मार्फत जानकारी गराएका थिए ।

पोखरेलले अन्तरास्ट्रिय मैदानमा नेपालबाट प्रतिनिधित्व गर्दै सिन्धुली -६ का थापा छनौट हुनु गर्वको बिषय भएको बताए । उहाँको खेल खेल्नको लागी जाने आउने र खेल खेलुन्जेल त्यहा बस्ने सम्पुर्ण खर्च नगरपालिकाले सहयोग गर्ने बताउदै उहाँलाई दृढ भएर खेल प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै भिडियो कल मार्फत बिजयीको शुभकामना दिए ।

नगर प्रमुख पोखरेलले आफ्नो कार्यकक्षबाट थापालाई सम्पुर्ण खर्चको व्यवस्थापन भएको खबर भिडियो कलमार्फत सुनाउँदै गर्दा थापाले नगर प्रमुखलाई भने, ‘म यो गुन कहिल्यै विर्सिने छुइन, म मेरो देशको नाम राखेर फर्किन्छु ।’

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार ०७:११

प्रतिक्रिया दिनुहोस्