त्यसपछी शुरु भयो सिन्धुलीमा आगजनी र तोडफोड

सिन्धुली – मुलुकमा गाँजिदै गएको अनियमितता, भ्रष्टाचार, नातावाद-कृपावाद, सत्तामा बस्नेहरूले गरेको अनियमितता अन्त्यको मागसहित जेन–जीले सुरु गरेको आन्दोलन करिब ४८ घण्टा चल्यो ।

यसमा हालसम्मको जानकारी अनुसार करिब ३ दर्जन व्यक्तिले ज्यान गुमाए । आन्दोलनको क्रममा ज्यान गुमाउनेमा सिन्धुली पनि पर्‍यो । जिल्लाका प्रमुख प्रशासनिक केन्द्रहरू ध्वस्त भए । पार्टी कार्यालयहरु खरानी भए । ब्यक्तीका निजि सम्पतीमा आगो झोस्ने काम भयो । राज्यको खर्बौँको सम्पति स्वाहा भयो ।

नेपालको सामाजिक, सांस्कृतिक स्वाभिमान र अभिमान समेत स्वाहा भयो । सोमबार सडकमा बिद्यार्थी मार्न पाइदैन, ओलि सरकार राजिनामा दे, न्याए दे भन्दै जिल्लाको माढिबजारका चौकहरुमा बुलन्दित जेन–जी प्रदर्शनकारीलाई मंगलबार दनदनी बलिरहेको जिल्ला प्रशासन, अदालत, नगरपालिका लगायत संरचनामा लगाइएको आगोको लप्काले पोलिरहेको थियो ।

पहिलो दिन १९ जना आन्दोलनकारीको मृत्युमा शोक व्यक्त गरिरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दोस्रो दिन जिल्लाका अरबौ लगानीमा बनेका महत्वपुर्ण संरचना बल्न थालेपछि तिनै जेन– जीमाथि प्रश्न उठाउन थाले ।

आन्दोलनमा सहभागी जेनजी अभियन्ताले त्यस्तो हिंस्रक गतिविधि आफूहरूले नगरेको जवाफ दिइरहे, तर आन्दोलनको नाममा भौतिक संरचना ध्वस्त गर्ने काम भइरह्रयो । शान्तीपुर्ण आन्दोलन गरिरहेको जेन– जी समुहलाइ बेलाबेलामा भड्काउन लागेको हामिले छनक पाइरहेका थियौ । तर हामीले सम्हालीरहेका थियौ एक अभियन्ताले भने ।

आन्दोलनको क्रममा भएका हिंसा र भौतिक संरचनामा आगजनी तथा लुटपाटको घटनामा आन्दोलनरत जेनजी मात्र जोडिएका हुन् कि अन्य कुनै अमूक शक्तिको समेत भूमिका रहेको छ भन्ने प्रश्न सर्वत्र उठिरहेको छ ।

जेन– जी सिन्धुलीले गरेको शान्तीपुर्ण आन्दोलनको दोश्रो दिन कुनै भौतिक संरचनामा आगजनी र लुटपाटको नारामा जेन-जि सडकमा थिएन । उनिहरुको यति मात्रै माग थियो कि प्रधानमन्त्री राजिनामा दे, हत्यारालाइ कारबाही गर, भ्रष्टाचारि अन्त्य गर, शुसासन कायम गर ।

शान्तीपुर्वक आन्दोलन गरिरहेको जेन– जी समुहलाइ नाराबाजी गर्ने समयमा होस या सडकमा प्रदर्शन गर्ने क्रममा माइक खोस्ने, र्याली डाइभर्ट गर्ने लगायतको काम अर्को कुनै समुहले गरिरहेकै थियो ।

दोश्रो दिन करिब २:३० बजेतिर जिल्ला सुरक्षा समितीसङ्ग बार्ताका लागी आन्दोलन गरिरहेको जेन– जी समुह जिल्ला प्रशासन कार्यालय गयो । जिल्लाको तमाम शान्ती सुरक्षाको जिम्मा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको काधमा थियो । उक्त सुरक्षा सम्यन्त्रको बैठकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता थियो ।

जेन– जी आन्दोलनको नेतृत्व गरिरहेका पारस बराल लगायतको बार्ता टोलि जिल्ला प्रशासन पुगेको थियो । बार्ता चलिरहेकै बेला जेन– जी समूह भन्दा फरक एक ब्यक्तीले उक्त छलफल आफ्नो फेसबुक मार्फत लाइभ गरिरहेका थिए । छलफलको क्रममा उक्त लाइभ गरिरेका ब्यक्तीले भनिरहेका थिए हामी तपाइँलाई ३ बजेसम्मको समय दिन्छौ निर्णय गर्नुस ।

तर जेन– जी समुहबाट बार्तामा आएकाहरुलाई प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने, ‘हामी केही गर्दैनौ तपाइहरु जे मन लाग्छ गर्नुस, हामी कार्यालय छोडेर निस्किन्छौ ।’ त्यसपछी बार्तामा गएको जेन– जी टोलि लगायत सुरक्षा संयन्त्र कार्यालयबाट बाहिरियो ।

आफ्नो फेसबुकमा लाइभ गरिरहेका ती ब्यक्ती पनि तलबाट ढुङ्गा हान्न लागेको भन्दै अब कसैले रोक्न सक्दैन भन्दै लाइभ इन्ड गरेर निस्किए । त्यसपछी लगत्तै जिल्लाका महत्वपुर्ण संरचनाहरुमा आगजनी र तोडफोड शुरु भयो । करिब ३/४ घण्टा सार्बजनिक सम्पतिमा आगलागी र तोडफोड गरिरहेको उक्त समूह साझ परेसङ्गै ब्यक्तीका घरहरुमा आगो लगाउन, तोडफोड गर्न, लुटपाट गर्न सकृय देखियो ।

ब्यक्तीगत रिसिबीलाई लिएर सार्बजनिक सम्पती तथा ब्यक्तीको घरमा आगजनी गर्ने, तोडफोड र लुटपाट गर्ने समूह जेन– जी नभएको कमलामाइ नगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले बताए ।

पार्टी कार्यालय पुनर्निर्माण गर्ने घोषणा सभामा बोल्दै पोखरेलले आफ्नो पुर्खाले जोडेको ब्यक्तिगत सम्पतीमा जुन आगो झोस्ने काम भयो त्यो कार्यको जति नै निन्दा गरेपनी कम हुने बताए ।

मैले भ्रष्टाचार गरेको कसैले प्रमाण ल्याउछ भने म फाँसी लाग्न तयार छु, तर मेरो पुर्खाले बनाएको काठको घरमा आगो झोस्ने, सिरानीमाथि राखेका स्वर्गीय बुबा-आमाको फोटो च्यात्ने, हासकुखुरा चोर्ने, खुत्रुक्के फुटाएर पैसा चोर्ने काम भयो त्यस्ता अपराधिक कार्यलाई जतिसुकै निन्दाको शब्दले नपुग्ने बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १०:५२

प्रतिक्रिया दिनुहोस्