कमलामाई -३ का एक सय ५० दुग्ध कृषकलाई अनुदान रकम बितरण

सिन्धुली – गाई तथा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तर्गत सहकारीमा आबद्ध कमलामाइ नगरपालिका -३ चपौलीका कृषकहरुलाई दुधमा आधारित अनुदान रकम बुधबार एक कार्यक्रमका बिच वितरण गरिएको छ ।

कमलामाई नगरपालिका पशु विकास शाखाकाे आ.व. २०८०/८१ काे संघिय सरकारवाट हस्तान्तरित दुधमा आधारित प्रतीलिटर अनुदान रकम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले एक कार्यक्रमका बीच दूध कृषकलाई बितरण गर्नुभएको हो ।

सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लि. सिन्धुलीसंग भएको सम्झाैता बमाेजिम सहकारिको कार्यक्षेत्र भित्रका पाँच दूध संकलन केन्द्रका १५० दुग्ध कृषकलाई अनुदान रकम वितरण गरिएकाे हाे ।

सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष बलराम अधिकारीकाे अध्यक्षता तथा बितरण कार्यक्रमका प्रमुख अतिथी कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पाेखरेलले वडा अध्यक्ष खड्ग प्रसाद चाैलागाई, जनप्रतिनिधि, कर्मचारी, सहकारी पदाधिकारीको उपस्थितिमा अनुदान रकम वितरण गर्नु भएको हो ।

अनुदान वितरण कार्यक्रममा नगर प्रमुख पाेखरेलले नगरपालिकाले उत्पादनकाे आधारमा अनुदान कार्यक्रम दिने गरेको जनाउदै कृषकहरुलाई उत्पादनमा जाेड दिन आग्रह गर्नुभयो ।

उहाँले कनपा -३ मा विशेष गरि पशुपालन गरि दूध उत्पादन र संगसंगै तरकारी खेती फलफुल खेतीकाे अनुकुल वातावरण भएकाेले कृषकहरुले यस तर्फ ध्यान दिन र स्थानिय सरकारले जुनकुनै प्रकारकाे सहयाेग गर्न तयार रहेकाे वताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘वास्तवमै विहानकाे विहाननै र बेलुकाकाे बेलुकानै दूध विक्रीले कृषकहरुमा उत्साह थप हुने र दैनिक रुपमा आर्थिक उपार्जनसंग जोडिनसक्ने पेशा व्यवसाय भएकाले ढुक्क भएर दूध उत्पादन तर्फ उन्मुख हुनुहोला ।’

वडाको तारुफेदी, कार्कीटाेल, निगाले, देवकोटा चाेक र स्कुल चाेक दूध संकलन केन्द्रमा दूध उत्पादन गरि विक्री गरेका कृषकहरुलाई प्रति लि. रु ३ का दरले दुधमा अनुदान रकम वितरण गरिएकाे सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष बलराम अधिकारीले बताउनुभयो ।

कुल अनुदान रकम ७ लाख १२ हजार ८१८ रुपैया बैंकिङ्ग प्रणाली मार्फत कृषकलाई हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा वडा अध्यक्ष खड्ग प्रसाद चाैलागाईले दुग्ध उत्पादक सहकारी मार्फत प्राप्त अनुदान रकमलाई प्राेत्साहनकाे रुपमा लिई आगामी दिनमा अझ बढी दूध उत्पादनमा जाेड दिन अनुराेध गर्दै वडाले दुग्ध क्षेत्रमा विशेष याेजना वनाउने वताउनु भयाे ।

संस्थाका अध्यक्ष बलराम अधिकारीले उन्नत पशुपालन तथा दुग्ध व्यवसायकाे माध्यमवाट ग्रामीण जनताकाे आयस्तर उकास्न मद्दत पुर्‍याउने उदेश्यले दुग्ध उत्पादक सहकारी संस्थाले कमलामाई नगरपालिका -३ चपाैलीको साविक जलकन्या गाविसको सम्पुर्ण वडामा दूध उत्पादन तथा दुग्ध क्षेत्रसंग सम्बन्धित काम गर्दै आएकाे बताउनुभयो ।
 

प्रकाशित मिति : २० असार २०८१, बुधबार १६:०५

प्रतिक्रिया दिनुहोस्