किसानको पसिनामा बिचौलियाको रजाइँ

सिन्धुली – गोलन्जोर गाँउपालिका –४ तिनकन्या माझ कुभिण्डेका मोहन ठकुरीले आफ्नो जिवनकालको चौँध/पन्ध्र बर्ष शिक्षण पेशामा आवद्ध भएर व्यक्तित गरेको अनुभव अंकपत्रलाई सुनाए ।

आफ्नै समुदायका नानिबाबुलाई शिक्षा दिन पाँउदा उनि संगै उनका परिवार, समुदाय तथा बिधार्थी समेत खुशि हुनु स्वभाविक हो । स्थानिय प्रावि माझ कुभिण्डे लगाएत रत्नावती प्राविमा समेत शिक्षण पेशामा आवद्ध मोहन ठकुरीले केहि वर्ष अघि आफुले सेवा गर्दै आएको शिक्षण पेशा नै चटक्क छोडेर कृषि कर्म तिर लागे ।

मोहन ठकुरीको परिवारमा उनको मुमा, ठकुरी दम्पती र दुई छोराछोरी गरि पाँच सदस्य छन् । उनको परिवारको पुख्र्यौली पेशा जुनार खेती हो । मुमा बृद्ध हुँदै गएको र छोराछोरी सिन्धुलीमाढीमा नै पठनपाठन गर्ने र छोराछोरीको हेरचाह गर्न उनको परिवार सदरमुकाममा नै वस्नुपर्ने भएकोले पुख्र्यौली पेशालाई पनी निरन्तरता दिन आफुले शिक्षण पेशा छोड्नुपरेको तितो अनुभव ठकुरी सुनाउछन ।

ठकुरीको परिवारले एक बोटबाट शुरु गरेको जुनार खेती अहिले उनको बगैँचामा ठुलो सानो गरि फल दिईरहेका जुनार सुन्तलाको बोट पाँचसय देखी ६ सय सम्मको हाराहारीमा छन । उनले आफनो निजि १५ रोपनि जग्गा क्षेत्रफलमा जुनार खेति गरिरहेका छन । बार्षिक रुपमा आफ्नै जुनार बगैँचाबाट जुनार सुन्तला बेचेर ठकुरीको परिवारले १८ देखी २० लाख नगद आम्दानि लिदै आएका छन् ।

मोहन ठकुरीमात्रै होईन गोलन्जोर गाँउपालिकाका अधिकांस कृषक साथै अन्य जुनार उत्पादन हुने क्षेत्रका केही कृषकको मुख्य पेशा भनेको जुनार खेती नै हो । यहाँका कृषकले कृषि पेशा त्यसमा पनि जुनार खेती अँगालेको बषौं भइसक्यो ।

तर, बास्तविक जुनार कृषक तथा कृषि पेशामा लागेका किशानहरुको जिवनस्तर भने आजपनि उस्तै छ । बार्षिक रुपमा जुनार वगैंचाबाट करिव ७ देखी ३० लाख सम्म आम्दानि लिने जुनार कृषकको दैनिक जिवनस्तरमा भने किन परिवर्तन आउन सकेन ? यो सोचनिय र गम्भिर विषय हो । त्यसमध्यको एउटा अनि प्रमुख कारण हो,  बिचौलियाको रजाँई ।

बिचौलियाका कारण जुनार कृषकले श्रम गरेअनुसार सोचजति कृषि पेशाबाट फाइदा लिन नसकेका छैनन् एक जुनार कृषक वताउछन् ।

‘दुःख गरेर खेती गर्यो वजारमा बेच्न लैजाने वेलामा विचौलियाको जगजगी हुन्छ । त्यही भएर मेहनतको मुल्य पाउन सकिएको छैन’ जुनार कृषकले गुनासो पोखे । अधिकाँश किसानले आफुले मेहनत गरेर उत्पादन गरेको वस्तुहरुको मूल्य आफै निर्धारण गर्न पाउनु पर्ने माग कृषकको छ ।

गोलन्जोर गाँउपालिका वडा नम्वर –४ तिनकन्या माझ–कुभिण्डे निवासी मोहन ठकुरी जुनार–सुन्तला लगाएत किशानले उत्पादन गर्ने वस्तुहरुमा बिचौलियाले किसानको दुःख पसिनामाथि रजाई गर्दै आएको हुँदा त्यो तत्काल बन्द गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउछन् ।

अहिले तिनकन्याका जुनार कृषकबाट वोटमै व्यापारिहरुले जुनारको रु. ५० देखी ६० रुपैंया प्रतिकिलो खरिद गर्छन भने सुन्तला प्रतिकिलो रु. ९० देखी एक सय १० रुपैंयासम्म खरिद गर्ने गरेका छन् ।

त्यसमा बगैंचाबाट जुनार टिप्न प्रतिकिलो पाँच रुपैंया कृषक आफैले खर्च व्यहोर्नुपर्छ । त्यो संगै कृषकले बगैंचा व्यवस्थापन, गोडमेल, औषधि, सिचांइ, काटछाट तथा मल व्यवस्थापनको लागी सिजनमा प्रतिबोट २५ देखी ३५ रुपैंया खर्च व्यहोर्छन ।

सवै खर्च व्यहोरेर यदि बगैंचामा कुनै रोगव्याधीले नभेटे स्वस्थ जुनार उत्पादन गर्दा कृषकलाई वच्ने भनेको प्रतिकिलो १५ देखी २५ रुपैंया मात्रै हो ।

तर, हाल विचौलिया मार्फत बिक्रि केन्द्र या वजारमा आएको सिन्धुलीको जुनार प्रतिकिलो एक सय देखी १ सय १० रुपैंया मुल्यमा खनियाखर्क, सिन्धुलीमाढी लगाएत विपि राजमार्ग, मध्यपहाडी लोकमार्ग लगाएतका आसपास क्षेत्रमा सर्वसाधारणले खरिद गरिरहेका छन् भने सुन्तला प्रतिकिलो एक सय ५० देखी १८० सम्म खरिद–विक्री गरिरहेका छन् ।

विचौलियाले जुनार प्रतिकिलो ३० देखी ४० रुपैंया मार्जिन राखेर व्यवसायीलाई विक्रि गर्छन र व्यवसायीले ५ देखी १० रुपैंया राखेर विक्रेतालाई विक्रि वितरण गरेको पाईन्छ भने सुन्तला प्रतिकिलो ४० देखी ६० रुपैंया मार्जिन राखेर व्यवसायीलाई विक्रि गरेको पाईन्छ ।  

विचौलियाका कारण किसान र उपभोक्तालाई मार परेको सिद्धकाली जुनार फर्मका सञ्चालक जुद्ध बहादुर राई बताउछन । ‘विचौलियाले किसानसँग सस्तोमा लिन्छन, उपभोक्तालाई महंगोमा वेच्छन । यसले गर्दा किसान र उपभोक्ता मारमा पर्नेगरेको’ राईको भनाई छ ।

विचौलियाका कारण सिन्धुलीको चिनारी बोकेको जुनार सुन्तला उपभोक्ताले महङ्गोमा खरिद गर्नुपरेको जनाउदै जुनार कृषक शम्भु थापाले भने, ‘किसानले आफ्नो उत्पादन आफैले बेच्न पाउने गरि बजारको व्यवस्था स्थानिय सरकारले गरिदिनुपर्छ । ’

‘किसानले आफुले उत्पादन गरेको बस्तु आफैले बेच्न नपाउँदा सम्म किसान कहिलै माथि उठ्ने छैनन् , काम गर्ने कालु मकै खाने भालु प्रवृति अन्त्य गर्न यो व्यवस्था गरिनुपर्छ’ उनले भने । बिचौलियाको जगजगी अन्त्य गर्नको लागि अनुगमन गर्न स्थानीय सरकारले ध्यान दिन नसकेको जुनार कृषकको गुनासो छ ।

जुनार कृषक मोहन ठकुरीले किशानहरुलाई अनुदान दिदा उत्पादनका आधारमा दिनुपर्ने बताए । कृषकहरुको उपज उचित मूल्यमा विक्री गर्ने वातावरण तय गर्नका लागि स्थानिय सरकारले भुमिका खेल्न नसकेको उनले गुनासो गरे । किसानलाई सुकिला मुकिला भनाउँदाहरुले हेप्ने र हेला गर्ने प्रवृतिको अन्त्य हुनुपर्ने समेत उनको माग छ ।

अर्का कृषक मोतीराज भुजेलले कृषिमा अनुदान मात्रै दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै कृषकलाई आधुनिक प्रविधिसँग जोडेर लैजान स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । कृषकलाई व्यवसायी वनाउनका लागि विउ विजन वितरणसँगै आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति ल्याउन स्थानिय सरकार लागि परेको गोलन्जोर गाँउपालिकाका अध्यक्ष शंकरराज बरालले वताए ।

उनका अनुसार कृषकका लागि पालिकाले विशेष कार्यक्रम ल्याएको भन्दै किसानलाई व्यावसायिक वनाउनका लागि पालिकाले जुनसुकै काम गर्न पनि तयार रहेको वताए । जिल्लामा यस पटक ७ हजार मेट्रिकटन जुनार उत्पादन भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १५:३४

प्रतिक्रिया दिनुहोस्