थापाको नेतृत्वमा जिल्ला तेक्वान्दो संघ सिन्धुली गठन

सिन्धुली – युवा खेलाडी लोकबिक्रम थापाको अध्यक्षतामा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुली गठन गरिएको छ ।

संघको उपाध्यक्षमा कैलाश बस्नेत, सचिबमा डम्बर आलेमगर, कोषाध्यक्षमा चुकबहादुर कार्की लगायत सदस्यमा चित्रबहादुर थापा मगर (सुमन), सन्त राइ, रमेश नेपाली, हरिकृष्ण बुढाथोकी, रामकुमार श्रेष्ठ, उत्तरकुमार वाइबा, मनिष ठकुरी, युबराज भण्डारी र बासु अधिकारी चयन भएका छन ।

नबगठित तेक्वान्दो संघ जिल्ला कार्यसमिति चयन युवा नेता तथा समाजसेबी उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो । पदकका आधारमा तेक्वान्दो नेपालका लागि सबैभन्दा फलदायी खेल रहेको प्रमुख अतिथि पोखरेलले बताउनुभयो ।

पोखरेलले नेपालले खेल्ने ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता, क्षेत्रिय स्तरको दक्षिण एसियाली खेलकुद (साग), महादेशिय खेल एसियाली खेलकुद होस् वा विश्व खेलको महाकुम्भ ओलम्पिक यी सबैमा नेपाललाई चिनाउने खेल तेक्वान्दो नै रहेको उल्लेख गर्नुभयो ।

जिल्लामा तेक्वान्दो खेलको वृद्धिबिकासको लागी जतिसुकै कठिन परिस्थिमा समेत खेलाडी डम्बर आलेमगर लगायतले निरन्तर कर्म गरेका कारण यो खेल जिल्लामा टिकिरहेको पोखरेलले बताउनुभयो ।

त्यस्तै कार्यसमिती चयनको उद्घाटन सत्रमा बोल्दै नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरिले चार वर्षको अन्तरमा हुने एसियाको दुई दशकमा नेपाली तेक्वान्दो खेलाडीले १४ वटा पदक जितेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्म नेपालले एसियाडमा २४ पदक जितेको छ त्यसमा आधा भन्दा बढी तेक्वान्दो छ ।’ ओलम्पिकमा छनोट भएर खेल्ने एकमात्र खेलमा तेक्वान्दो नै पर्दछ पुरिले भन्नुभयो । नया कार्यसमिती चयन सङ्गै जिल्ला कार्यसमितिलाइ खेल संचालनका लागि आबस्यक खेल सामाग्री समेत कार्यक्रममा हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार २१:५३

प्रतिक्रिया दिनुहोस्