६ क्विन्टल पन्ध्र केजी गाँजा सहित संलग्न एक पक्राउ

सिन्धुली — जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार दिउँसो ठूलो परिमाणमा गाजा सहित संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बोरा तथा फलामको ड्रममा लुकाई राखेको अवस्थामा लागु औषध (गाँजा) ६ क्विन्टल १५ केजी परिमाणमा फेला पारि संलग्न एकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

जिल्लाको हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ चिसापानी स्थित थोले व्लोनको गोठमा लुकाईछिपाई राखिएको भनि सुचनाको आधारमा प्रहरीले सोही स्थानबाट उक्त परिमाणको गाँजा सहित संलग्न उदयपुर कटारी नगरपालिका वडा नं. ६ घर भई हाल हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ चिसापानी बस्ने बर्ष ४६ का कुमार पाख्रिनलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले संलग्न पाख्रिनलाई गाँजा सहित गोठमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो । नियन्त्रणमा लिएको लागु औंषध गाँजा सहित पक्राउ परेका पाख्रिनमाथी थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालय सिन्धुलीको लागु औषध पक्राउको त्री—बर्षिय तथ्यांङ्कको आधारमा चालु आ.व ०८०÷०८१ मा ८ सय ७४ केजि २४५ ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार नियन्त्रणमा लिएको गाँजा अहिलेसम्मकै ठुलो परिमाण भएको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार आ.व ०७९÷०८० मा ४ सय २७ केजि ३२८ ग्राम, आ.व ०७८÷०७९ मा एक सय ५४ केजी ४२१ ग्राम गाँजा सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ भने यस बर्ष जिल्ला प्रहरी कार्यालय मार्फत अन्दाजी ३ बिघा पाँच कट्ठा जग्गा क्षेत्रफलमा गाँजा फडानि गरिएको छ ।

प्रहरी उपरिक्षक काफ्लेका अनुसार जिल्ला प्रहरी कार्यालयले यस आवमा ७८ वटा लागुऔषध सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ भने २५ लागु औषध प्रयोगकर्तालाई प्रहरीले सम्झाई बुझाइ आफन्तको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, आईतवार ०७:५५

प्रतिक्रिया दिनुहोस्