सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित झोलुङ्गे पुलमुनि ग्वाङखोलामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक २३ वर्षीय युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भदौ १४ गते मध्यान्ह १२ः४५ बजेको समयमा घटनाको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । घटनामा संलग्न रहेको आरोपमा २३ वर्षीय पुरुषलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकामाथि भएको जबरजस्ती करणीको घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक उज्ज्वल कार्कीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ । आरोपितलाई दोषी ठहर गर्नुअघि अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।









