सिन्धुली । विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा सहयोग रकम जम्मा गरेको भनी सिन्धुलीका एक ब्यक्तीले सामाजिक संजालमा भ्रम फैलाएको पाइएको छ ।
सामाजिक संजाल टिकटकमा ‘खयाल जि’ नामबाट एकाउन्ट खोलेका पारष बरालले उक्त भ्रम फैलाएको पाइएको हो । उनी गत भाद्र २३/२४ गते भएको जेन-जि आन्दोलनका विद्यार्थी अगुवा समेत हुन ।

उनले आफ्नो टिकटक एकाउण्ट तथा फेसबुकमा आफैले भिडियो बनाएर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. एक लाख रुपैयाँ सहयोग गरेको भनी आफैले भिडियो निर्माण गरि पोष्ट गरेका थिए ।

प्रभु बैंक मार्फत आफुले ‘खयाल जि’ नामबाट एक लाख रुपैयाँ सहयोग गरेको स्कृनसट र भिडियो सामाजिक संजालमा राखेका उनले उक्त भिडियो अहिले आफैले डिलिट गरेका छन ।
उनले राखेको सहयोगको बैंक डिटेलमा उक्त रुपैयाँ लेखिएको फण्ट इडिट गरेको सहजै देख्न सकिन्छ । सिन्धुली निवासी हाल काठमाडौमा कार्यरत प्रभु बैंकका कर्मचारीका अनुसार उनले रु १० रुपैयाँ उक्त कोषमा जम्मा गरेको देखिएको बताए ।
तर उनले च्याटजेपिटी या कुनै फोटोसपको सहायताले रु. १० लाई एक लाख रुपैयाँ उल्लेख गरि इडिट गरेर सामाजिक संजालमा राखेको पाइएको हो ।








