झापा : पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको भएको छ। संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए । यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार थपिएका मध्ये सशस्त्र […]
प्रदेश ३
एउटा इन्जिनियरको ‘पागलपन’ : १५३ करोडमा गाई फार्म
५ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल इन्जिनियर’ श्यामवदन कै हो । उनले भारतको बैङ्गलोरमा कम्प्युटर इन्जिनियरिङ र एमबीए गरे । दुईवटा डिग्रीले राम्रो ठाउँमा […]
वीरगञ्जमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी
१० साउन, वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख […]
स्क्यान्डलका पर्याय दुर्गेश थापा : फ्यानको मुटु जलिरहेछ !
पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके । गत वर्षको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट हिट भएका थिए दुर्गेश । एउटै गीतले चर्चाको शिखरमा पुर्याएपछि उनले फेरि […]
कोशी अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु
९ साउन, विराटनगर । विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो । दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर […]