वाग्मती प्रदेशसभाका एक उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको रिपोर्ट आज आएको हो । स्वाब रिपोर्ट पोजेटिभ देखिएको उनका सचिवालयले जनाएको छ ।
हेटौडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमण पुष्टि भएपनिसामान्य रुघाखोकी बाहेक अरु लक्षण नदेखिएको उनको सचिवालयले जनाएको छ । उनी सहित मकवानपुरमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।