रौतहटको गढीमाई नगरपालिका–३ मुसहरी टोलकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको १४ भदौ २०७७ मा हत्या भयो। ब्याङ्कले लिलाम गरेको सोही ठाउँका जमसेद मियाँको जग्गा किनेका कारण रिसईवी साध्न उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “हत्याको १५ दिनअघि पनि ‘पख् तँलाई देखाइदिन्छु, तेरो परिवारको हत्या गर्छु’ भनेर धम्की […]
प्रदेश २
महोत्तरीको बर्दिवास अस्पतालमै पीसीआर परीक्षण सुरु
महोत्तरी — महोत्तरीको बर्दिवास अस्पतालमा पीसीआर परीक्षण सुरु भएको छ । बर्दिवास नगरपालिकाले सवा करोड लगानीमा मेसिन खरिद गरेपछि शुक्रबारबाट जिल्लामै पीसीआर परीक्षण हुन लागेको हो । गत असारमा उद्घाटन गरिएको बर्दिवास अस्पतालको नयाँ तीनतले भवनमा मेसिन राखेर काम सुरु गरिएको मेयर विदुर कार्कीले जानकारी दिए । शुक्रबार अस्पतालमा १० जनाको स्वाब संकलन गरी परीक्षण सुरु […]
रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]
पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]
नेकपामा फेरि किचलो
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको […]