कार्ल मार्क्सले भनेका थिए– दार्शनिक र राजनितिज्ञमा फरक यति मात्रै हुन्छ, दार्शनिकले इतिहासको व्याख्या गर्छन्, राजनीतिज्ञले इतिहासको निर्माण । मुलुक परिवर्तनमा निर्णायक हुने नेताले जब गल्ती गर्छन्, दुष्परिणाम सिंगो देशले भोग्नु पर्दाे रहेछ ।
संविधानको धारा ७६ को उपधाराहरूमा लेखिएको छ, सर्वोच्च अदालतले फैसलामा भनेको छ– सरकार बनाउने विकल्प रहँदासम्म संसद् भंग गर्न पाइने छैन । तर, जानाजान नियतवश पुनः संसद् भंग गरेका छन् । तिनै केपीलाई साथ दिन जसपाको एउटा गुट तयार भई भगिरथयत्नशील छ ।
राजनीतिको लक्ष्य सत्ताप्राप्ति त हुन्छ नै, तर सत्ताप्राप्ति भने देशको अवस्थामा सुधारका खातिर हुनुपर्ने हुन्छ । टाढा जानै पर्दैन, चीनमा माओले च्याङकाइसेकलाई साथ दिए, केवल जापानी आक्रमण रोक्नका निम्ति ।
आज महन्थ–महतो गुट कोभिडले आक्रान्त मधेसी जनताको प्राणरक्षार्थ होइन, डगमगाएको ओलीको सत्तामा टेको लगाइदिन सतिसाल भएर खडा छ । बहुमत सहित बालुवाटारमा छिरेका नेकपा केन्द्रका (मावोबादी र नेकपा एमाले बिच एकता) अध्यक्ष केपि शर्मा ओलि अहिले बिभाजन भएर बसेका छ्न ।
नेकपा माओबादी त बाहिर निस्केको नै थियो तर नेकपा एमालेका बरिस्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल सहित कि एक हिस्सा ओलिको नै बिरोधमा बाहिर निस्केका छ्न । अर्को दल दर्ता गर्नको लागि निर्वाचन कार्यलयमा निवेदन दिएका छन ।
पटक-पटक संसद अनि संविधानको हत्या गर्ने केपि ओलि, संसद र संविधानको त हत्या अनि बलात्कार गरिसके अहिले जनताको हत्या गरिरहेका छ्न । नेपालको संविधान नै नमान्ने नै आफू नै गणतन्त्रको र लोकतन्त्र रक्षा गर्छु भन्नेले पक्कै पनि संविधानको धारालाई अलिकती अध्यन गरेको भए पक्कै हुन्थियो कि ?
नेपाल सरकारले गणतन्त्र दिवसको दिन नै ल्याउनु पर्ने अर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने गैह्र जिम्मेवार अनर्थ लाग्ने काम गरिरहने हो । लोकतन्त्रको रक्षाका लागि विपक्षी दल हरु लाग्नु पर्ने छ ।
प्रधानमन्त्री आफै संसद भङ्ग गर्ने अनि मन्त्रीपरिषद गठन गर्ने कस्तो लज्जास्पद कुरा साच्चै आफूले आफुलाई देशको सच्चा नेता हु भन्नी आफ्नो भित्री मनमा थियो भनी प्रधानमन्त्रीबाट राजीनामा दिएर बस्नुपर्ने त्यो कुरा पर नै छ ।
जो बहुमत सहितको सासंद लिएर राष्ट्रपती भवन जान्छ उसलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने व्यवस्था छ । विपक्षी दलका नेताले १४६ सासंदको हस्ताक्षर लिएर १३९ जना सासंद स्वयम् आफै उपस्थित थिए ।
त्यो पनि नदेख्नी अनि किर्ते हस्ताक्षर गरेर आए भन्दै झुठो कुरा गर्ने कति सम्म नालायक बन्न सकिरहनुहुन्छ प्रधानमन्त्री ज्यु, आफुत नाङ्गै भैसक्नु भयो अब जनतालाई र पार्टीमा रहेका अरुको भविष्य नै नाङ्गो नबनाउनुस ।
-लेखक भरत वि क दलित संघ सिन्धुलीका सचिब हुन ।