किनकी, प्रेम भ्रम हो

प्रेमलाई संघर्षका रुपमा लिनेहरुले
कति छिट्टै प्रेम पाएपछी
सफलता पाए झै गर्छन ।
तर प्रेम न संघर्ष हो, न सफलता
किनकी प्रेम भ्रम हो ।
जुट्छ कि जुटेपछी टुट्छ भन्ने भर नभएको
एक सत्य भ्रम हो प्रेम ।

हो, आज यहीँ भ्रमको सामना गर्दै
कयौं मान्छेहरु
बिछट्टै प्रेमसंगै
बिछोडमा बिचलित भईरहेका छन ।
तरपनि किन हार मान्दैनन् प्रेममा ?
किन संसार मान्छन प्रेमलाई ?
जवाफ संसारलाई थाहा छैन,
किनकी मलाई प्रेममा चाहा छैन ।

चाहा नहुदा नहुदै,
कहिलेकाहीँ थाहै नदिई आफैंलाई
प्रेमका प्रतिकहरु
आउँछन खोज्दै प्रितिहरु ।
बस्छन थाहै नदिई मनमुटुमा
गाढा बनेर
अनि थाहै नदिई जान्छन,
टाढा बनेर ।

यो याद न हो आईरहन्छ अनौठो छ
भन्छ्न सबै प्रेममा नै सर्वस्व छ ।
तर होईन प्रेम भ्रम रहेछ,
म उसको भरमा थिए
तर अवसोच
उ प्रेमको भ्रममा रहेछ ।

आफ्नैहरुले पनि
धोका दिन्छन प्रेममा परेपछि,
असत्य पनि यथार्थ बनिदिन्छ प्रेममा परेपछि
तपाईं किन प्रेम गर्नुहुन्छ
कसैलाई त्यति छिट्टै ?
त्यहीँ प्रेमीले नै पिडाका पोका दिन्छन
प्रेममा परेपछि ।

✍️ मेनुका आरण, सञ्चारकर्मी

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०४:२०

प्रतिक्रिया दिनुहोस्