तिमी गएपछी हो, यो छाती चिहान भएको

हिजो जस्तो लाग्छ हाम्रो चिनजान भएको ।
तर, बर्षौ भइसकेछ हामी अन्जान भएको ।

मालीले कहिल्यै हेरबिचार गर्नु परेन हामीलाई
यहि त मज्जा थियो तिमी फुल म बगान भएको ।

जहिले देखी तिमी यादहरुमा आउन थालेउ
त्यहीँबाट हो तिमी मेरि हौ भन्ने भान भएको ।

शब्दकोशका सयौं शब्द खर्चिनु परेन तिमिलाइ,
‘प्रीया’ एउटै शब्द थियो तिम्रोलागी बयान भएको ।

तिमी संगै थियौ र पो यो जीवन आहा थियो,
तिमी गएपछी हो, यो छाती चिहान भएको ।

  • sahayatripuskar@gmail.com
प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ०३:३६

प्रतिक्रिया दिनुहोस्