बाढी पीडितलाई कमलामाई नगरपालिकाको आर्थिक सहयोग

सिन्धुली – अविरलको वर्षासंगै गत असोज १२ र १३ गते सुनकोशी नदी र रोशी खोलामा आएको बाढीका कारण प्रभावित बनेका जिल्लाको गोलन्जोर र सुनकोशी गाउँपालिकाका प्रभाबितहरुलाई कमलामाइ नगरपालिकाले शुक्रबार राहत स्वरुप नगद वितरण गरेको छ ।

अविरल वर्षासंगै सुनकोशी र रोशी खोलामा आएको बाढीले प्रभावित बनेका घरपरिवारलाई राहत स्वरुप रु. ६ लाख रुपैयाँको चेक नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले हस्तान्तरण गर्नुभएको हो ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहरा दाहाललाई कार्यालयमा पुगि राहत स्वरुप रु. तीन/तीन लाखको चेक प्रदान गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

नगर प्रमुख पोखरेलले सुनकोशी र रोशी खोलाले बिपि राजमार्गको तटीय क्षेत्रमा ठुलो क्षती गरेको भन्दै नगरपालिकाले पीडितहरुको पीडामा मलम लगाउन नगद सहयोग उपलब्ध गरेको बताउनु भयो ।

गाउँपालिका मार्फत गरिएको यो सहयोगले बाढी र पहिरोबाट प्रभावित परिवारलाई मलमको काम गर्ने अपेक्षा गर्दछु, उहाँले भन्नुभयो ।

कमलामाइ नगरपालिकाले अबरुद्ध बिपि राजमार्गको बैकल्पिक सडक निर्माणको लागी आबस्यक्ता अनुसार जेसिबी लगायतको आबस्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १३:२९

प्रतिक्रिया दिनुहोस्